logo

पत्रकार चौहान नेपाली कांग्रेसको प्रचार बिभागमा मनोनीत

 इसीमाना सम्वाददाता     २०८२ फागुन ५ गते १२: ५६ मा प्रकाशित     231   पटक पढिएको

नेपाली कांग्रेस ले वरिष्ठ पत्रकार दीपेन्द्र चौहान लाई केन्द्रीय निर्वाचन प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ।

 

 पार्टीको ललितपुरस्थित केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवनबाट माघ २९ गते जारी गरिएको नियुक्तिपत्रमार्फत उक्त निर्णय सार्वजनिक गरिएको हो।

 

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पार्टीका उम्मेदवारहरूको पक्षमा जनमत सुदृढ बनाउन तथा समानुपातिक मत बढाउन प्रचार अभियानलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउने उद्देश्यले चौहानलाई जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

 

पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका चौहानको अनुभव, सञ्चारमाध्यमसँगको सशक्त सम्बन्ध र रणनीतिक सञ्चार क्षमताले पार्टीको चुनावी अभियानलाई थप परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास कांग्रेसले व्यक्त गरेको छ।

 

पार्टीका प्रवक्ता एवं केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक देवराज चालिसे द्वारा हस्ताक्षरित नियुक्तिपत्र बुझेपछि चौहानले आफूलाई दिइएको जिम्मेवारी इमान्दारी, सक्रियता र प्रतिबद्धताका साथ निर्वाह गर्ने बताएका छन्।

 

 उनले पार्टीको चुनावी सन्देश जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन सञ्चार रणनीतिलाई प्राथमिकतामा राख्ने उल्लेख गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.