logo

उज्यालो नेपाल पार्टीका उम्मेदवार  सिंहको कुम्हालटोलमा घरदैलो सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ फागुन ३ गते ०४: ३७ मा प्रकाशित     276   पटक पढिएको

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का लागि उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग)ले आइतबार वीरगञ्ज महानगरपालिका वडा नं. ४ बिर्ता टोल र वडा नं. ५ कुम्हालटोल क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

 

जनसम्पर्क अभियानका क्रममा सिंहले स्थानीय घरपरिवारमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।

 

भेटघाटमा स्थानीयले खानेपानी, सडक, सरसफाइ, स्वास्थ्य सेवा र रोजगारीजस्ता विषय उठाएको जनाइएको छ। सिंहले ती समस्यालाई नीति तथा कानुन निर्माणको तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

वडा नं. २० बाट निर्वाचित जनप्रतिनिधिको रूपमा काम गर्दा प्राप्त अनुभवले आफूलाई जमीनी यथार्थ बुझ्न सहयोग पुगेको उल्लेख गर्दै उनले संसदमा पुगेपछि स्थानीय तहको आवाजलाई प्रभावकारी रूपमा उठाउने बताए। शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिक एजेन्डा बनाएको उनले स्पष्ट पारे।

 

“स्थानीय स्रोत–साधनको सही परिचालन र युवालाई अवसर प्रदान गर्न सके मात्रै दिगो विकास सम्भव हुन्छ,” सिंहले भने।

 

कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूको सहभागिता रहेको थियो। उज्यालो नेपाल पार्टीले आगामी दिनमा पनि महानगरका अन्य वडामा जनसम्पर्क अभियानलाई निरन्तरता दिने जनाएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.