logo

मतदाताको ध्यान  तान्ने पन्तको शैली, लामिछाने र बालेनअंकित काँवर बोकेर गरे घरदैलो

 इसीमाना सम्वाददाता     २०८२ फागुन १ गते ०५: २० मा प्रकाशित     336   पटक पढिएको

वीरगंज । चुनावी अभियानमा फरक र स्मरणीय दृश्य सिर्जना गर्नु धेरै उम्मेदवारहरूको रणनीति हुन्छ। त्यस्तै हुदैछ वीरगंजमा पनि  ।

 

पर्सा क्षेत्र ंनं १ मा रास्वपाका उम्मेदवार हरि पन्तले पार्टी अध्यक्ष रवी लामिछाने र बरिष्ठ नेता बालेनको तस्विर सहीतको काँवर बोकेर घरदैलो गरेका छन । 

 

पन्तको यो प्रयास  भिड र मिडियाको ध्यान तान्ने शैलीको रुपमा हेरिएको छ ।  स्थानीयले नै काँवर बोकाएर घुमाएका हुन्। 

 

राजनीतिमा प्रतीक र दृश्य प्रभाव शक्तिशाली हुन्छन्। कसैलाई यो सृजनात्मक प्रचार लाग्न सक्छ, कसैलाई अनावश्यक नाटक। अन्तिम मूल्याङ्कन भने मतदाताले नै गर्छन्।

 

आज मुर्लीमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयवासीहरूले पन्तलाई काँवर बोकाएर टोल–टोलमा घुमाएका थिए। काँवरको अगाडि र पछाडि रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह को तस्वीर झुन्ड्याइएको थियो।

 

घरदैलोका क्रममा स्थानीयहरूले विभिन्न स्थानमा टीका, माला र खादा लगाएर स्वागत गरेका थिए। उनीहरूले यसपटकको निर्वाचनमा आफ्नो वडाबाट रास्वपालाई अग्रस्थानमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

कार्यक्रममा रास्वपाका स्थानीय नेता तथा कार्यकर्तासहित स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको बताइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.