logo

सर्लाही ३ का रास्वपा उम्मेदवार नरेन्द्र साहमाथि ५ करोडभन्दा बढी ठगीको आरोप

 इसीमाना सम्वाददाता     २०८२ फागुन १ गते ०४: ०२ मा प्रकाशित     364   पटक पढिएको

वीरगंज ।  रास्वपाले स्थापना समयदेखि भ्रष्टाचारविरुद्ध कडा अडान,सुशासन र पारदर्शिता, शिक्षित र नयाँ पुस्तालाई अवसर ,पुराना दलहरूको “संस्कृति” तोड्ने वाचा जस्ता एजेन्डा अघि सारेको छ। यसले युवापुस्ता र असन्तुष्ट मतदातामा आकर्षण बढायो।

 

तर फाल्गुण २१ हुने निर्वाचनकालागि अगाडि सारेका उम्मेदवारको अनुहार हेर्दा उसको प्रतिवद्धता स्खलीत भएको देखिन्छ ।  अझ आर्थिक अपारदर्शीताको मुद्धा उठाएर नेताहरुले पार्टी परित्याग गरिरहेको बेलामा अर्को घटना सार्वजनीक भएको छ । जसले रास्वपाको प्रतिवद्धतालाई कमजोर बनाएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोमाथि ५ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता नगरेको आरोप लागेको छ। यो आरोप संगै रास्वपाको कथनी र करनीमा फरक देखिएको छ ।

 

बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा क्यासिनोसँग सम्बन्धित कर्मचारी तथा ऋणीहरूले विश्वासका आधारमा दिएको रकम फिर्ता नपाएको बताएका छन्। उनीहरूका अनुसार क्यासिनोले नियमित कारोबारका लागि स्थानीय व्यवसायी तथा सेवाग्राहीबाट रकम सापटी लिने गरेको थियो।

 

क्यासिनोमा कार्यरत तथा पूर्वकर्मचारीहरूले विभिन्न शीर्षकमा रकम पाउन बाँकी रहेको दाबी गरेका छन्। राजेन्द्र कुमारले आफूले दिएको १० लाख रुपैयाँ फिर्ता नपाएको बताए।

 

भोजराज भट्टले तीनपटकमा गरी ३४ लाख रुपैयाँ सापटी दिएको र उक्त रकम नपाएको दाबी गरे। नवराज श्रेष्ठले ४० लाख रुपैयाँ तथा १७ महिनाको डान्सरहरूको तलब बाँकी रहेको आरोप लगाए।

 

क्यासिनोका पूर्व म्यानेजर सूर्यकमल श्रेष्ठका अनुसार शान्ति पाण्डेय, भुन्टु कुँवर, लील गुरुङ, मानवती पाल, गणेश टेर, कविता जोशी, राम पन्तलगायत २० जनाको गरी कुल ५ करोड २९ लाख रुपैयाँ बाँकी रहेको छ। उनका अनुसार भारतीय नागरिक सञ्जीव गान्धी र सदाबको समेत रकम तिर्न बाँकी छ।

 

यस विषयमा प्रतिक्रिया लिन खोज्दा साह सम्पर्कमा आएका छैनन्। क्यासिनोको व्यवस्थापकीय टिममा कार्यरत एक कर्मचारीले साह चुनावी अभियानमा व्यस्त रहेको बताएका छन्।

 

साह यसअघि २०७४ मा स्वतन्त्र उम्मेदवार र २०७९ मा माओवादीबाट सर्लाही–३ मा चुनाव लडेका थिए। यसपटक उनी रास्वपाबाट उम्मेदवार बनेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.