logo

आज बालेन वीरगंज आउने

 इसीमाना सम्वाददाता     २०८२ माघ २८ गते १०: ५९ मा प्रकाशित     271   पटक पढिएको

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह आज वीरगंज आउने कार्यक्रम रहेको छ । आज उनले सर्लाहीबाट आफनो चुनावी दोडाह शुरु गर्ने  छन । 

 

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीको चुनावी अभियान तथा जनसम्पर्क कार्यक्रम अन्तर्गत उनी मधेशका विभिन्न जिल्लामा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

 

यसअघि उनले सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा आयोजित भव्य कार्यक्रमहरूमा सम्बोधन गरिसकेका छन्। आज दिउसो १ बजे उनी वीरगंजको घण्टाघरमा आउने कार्यक्रम रहेको पर्साका १ का उम्मेदवार हरि पन्तले जानकारी दिए । 


कार्यतालिका अनुसार बिहान ८ बजे सर्लाहीको लालबन्दीबाट अभियान सुरु हुनेछ। त्यसपछि हरिवन, बरहथवा, गरुडा र चपुर हुँदै उनी निजगढ पुग्नेछन्।

 

दिउँसो कलैया, वीरगन्ज र जितपुरमा जनसम्पर्क तथा अभिवादन कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ।

स्थानीयस्तरमा बढ्दो राजनीतिक सरगर्मीका बीच बालेनको आगमनलाई विशेष चासोका साथ हेरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.