logo

डोकैलामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घरदैलो, जनतासंग अन्तरक्रिया

 इसीमाना सम्वाददाता     २०८२ माघ २७ गते ०४: ३६ मा प्रकाशित     447   पटक पढिएको

वीरगंज । परिवर्तनका लागि युवा नेतृत्व र भरोसाको नयाँ विकल्पका रूपमा अघि आएको प्रगतिशील लोकतान्त्रिक पार्टीका पर्सा क्षेत्र नम्बर–२ का उम्मेदवार अमिताभ बच्चन दासले बहुदरमाई नगरपालिका वडा नम्बर–४ डोकैला क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

 

 

चुनावी अभियानका क्रममा उम्मेदवार दासले स्थानीय आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, उद्देश्य र विकासका योजनाबारे जानकारी गराएका थिए। उनले आफ्नो चुनाव चिन्ह आँखा छाप रहेको उल्लेख गर्दै परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरे।

 

 

भेटघाटका क्रममा डोकैलाबासीहरू  उम्मेदवार दासका भावी योजना र  उनका प्रतिवद्धताको बिषयमा अन्तरक्रिया समेत गरेका थिए ।   चुनावी समयमा मात्र नभई सधैँ जनतासँग प्रत्यक्ष सम्पर्कमा रहनुपर्ने सुझाव पनि स्थानीयले उनलाई दिएका थिए।

 

उम्मेदवार दासले जनताको सुझावलाई आत्मसात् गर्दै पर्सा जिल्लालाई कृषि हबका रूपमा विकास गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता दोहोर्‍याए। कृषि, रोजगारी र स्थानीय उत्पादनलाई प्राथमिकतामा राखेर काम गर्ने उनले स्पष्ट पारे।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.