logo

इनरुवामा हरि पन्तको घरदैलो अभियान सम्पन्न , पार्टीको वडा कमिटी गठन

 इसीमाना सम्वाददाता     २०८२ माघ २६ गते ०५: ३५ मा प्रकाशित     289   पटक पढिएको

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तको इनरुवामा  घरदैलो अभियान सम्पन्न भएको छ । । मतदाता भेटघाट र घरदैलोका क्रममा इनरुवाबासीको सहभागिताले आफू उत्साहित भएको उम्मेदवार पन्तले बताए ।

 

 इनरुवामा आयोजित घरदैलो कार्यक्रममा स्थानीयवासीहरूले खानेपानी, सडक, रोजगारी, शिक्षा तथा सुशासनसँग सम्बन्धित विभिन्न समस्या र अपेक्षाहरू उम्मेदवार पन्तसमक्ष राखेका थिए। पन्तले जनताको आवाजलाई प्राथमिकतामा राख्दै व्यवहारिक समाधानका लागि संसदमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

 

घरदैलो अभियान अघि इनरुवामै आयोजित कोणसभामा सयौँ स्थानीय नागरिकहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम विजय साहको अध्यक्षतामा सम्पन्न भएको थियो।

 

सोही अवसरमा विजय साहको अध्यक्षतामा २१ सदस्यीय वडा समिति गठन गरिएको छ। समितिको उपाध्यक्षमा राजु प्रसाद यादव, सचिवमा सन्तोष पटेल र सहसचिवमा अजय कुमार महतो तथा प्रितम कुमार महतो चयन भएका छन।

 

समितिका सदस्यहरूमा जटाशंकर पण्डित, रोमन पटेल, मोहन यादव, बिरेन्द्र प्रसाद यादव, अबेश राम, सद्दाम हुसेन, रञ्जित यादव, विजय होदा बनिया, दिलीप यादव, रामसुरै महतो, स्माइल मियाँ, अरुण यादव, राजन यादव, नितेश बानियाँ, शिवनाथ प्रसाद यादव, झोटी यादव, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, पर्मा यादव र रामायण दास रहेका छन।

 

कार्यक्रममा सन्तोष पटेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए। साथै वडा सभापति रमेश चौरसिया लगायत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

सूचना प्रवाह प्रभावकारी बनाउन महोत्तरीमा सूचना अधिकारीको बैठक सम्पन्न, सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय

वीरगञ्ज । महोत्तरीका सबै कार्यालयका सूचना अधिकारी सहितको बैठकले सार्वजनिक निकायबाट नागरिकले मागेको सूचना छिटो, छरितो र पारदर्शी रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।

पत्रकारद्वय गुप्ता र सर्राफलाई साधारण तारेखमा रिहा गर्न पर्सा जिल्ला अदालतको आदेश

वीरगञ्ज । पत्रकार राहुल गुप्ता र श्याम सर्राफ पर्सा जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका छन । उनीहरु बिरुद्ध पर्सा क्षेत्र नं १ का साँसद बुद्धिप्रसाद पन्तले बिधुतीय कारोवार ऐन अन्र्तगत मुद्धा  गरेका थिए ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.