logo

पर्सा २ मा रास्वपाको घरदैलो अभियान तीव्र, सुशासन र रोजगारीमा जोड

 इसीमाना सम्वाददाता     २०८२ माघ २५ गते ०३: ०५ मा प्रकाशित     222   पटक पढिएको

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २७ स्थित घुर्मी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियान सञ्चालन गरेको छ।

 

 स्थानीयको उल्लेखनीय सहभागितासहित सम्पन्न कार्यक्रममा पार्टीले सामाजिक सुरक्षा, रोजगारी, शिक्षा तथा सुशासनलाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ।

 

घरदैलो अभियानका क्रममा रास्वपाले जेष्ठ नागरिकलाई घरमै वृद्धभत्ता उपलब्ध गराउने नीतिलाई पुनः कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। लामो समयदेखि वृद्धभत्ता लिन कार्यालय धाउनुपर्ने झन्झट भोग्दै आएका जेष्ठ नागरिकका लागि घरमै सेवा पुर्‍याउनु आवश्यक रहेको स्थानीयवासीले बताएका थिए।

 

कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले जेन्जी युवालाई लक्षित गरी रोजगारी सिर्जना, महिलाका लागि स्वरोजगारका अवसर, सीपमूलक तालिम तथा गुणस्तरीय उच्च शिक्षाको व्यवस्था रास्वपाको प्रमुख एजेन्डा रहेको स्पष्ट पारे। निर्वाचित भएपश्चात यी आधारभूत समस्याको समाधानका लागि प्रभावकारी पहल गरिने उनले प्रतिबद्धता जनाए।

 

स्थानीयसँगको अन्तरक्रियामा कानुले समयअनुसार प्राविधिक शिक्षाको विकास अपरिहार्य रहेको उल्लेख गर्दै सीप र रोजगारीलाई आपसमा जोड्ने नीतिमा पार्टी दृढ रहेको बताए। “सीप नभएसम्म रोजगारी सम्भव हुँदैन, र रोजगारी बिना समृद्ध समाजको कल्पना गर्न सकिँदैन,” उनले भने, “स्थानीय तहमै प्राविधिक शिक्षा र तालिमको पहुँच विस्तार गरिनेछ।”

 

घरदैलोमा सहभागी स्थानीयवासीले पुरानै नारा र खोक्रा आश्वासनबाट आजित भएको प्रतिक्रिया दिँदै व्यवहारमा देखिने, नतिजामुखी विकासको अपेक्षा व्यक्त गरेका थिए। रास्वपाले सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिक अभ्यास स्थापित गर्ने सन्देश टोल–टोलमा पुर्‍याइरहेको आयोजकले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.