logo

सिर्सियामा ड्राइपोर्ट मुआब्जा पीडितको आक्रोश, रास्वपाको घरदैलोमा न्यायको माग

 इसीमाना सम्वाददाता     २०८२ माघ २४ गते ०८: ४३ मा प्रकाशित     264   पटक पढिएको

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–२५ सिर्सियामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

 

घरदैलोका क्रममा रास्वपाका प्रतिनिधिसभा उम्मेदवार सुशिल कानुले वीरगञ्ज ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गासँग जोडिएको मुआब्जा विवाद समाधान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरे।

 

वर्षौंदेखि मुआब्जा नपाएर पीडित बनेका जग्गाधनीको समस्या अब टार्न नसकिने अवस्थामा पुगेको भन्दै उनले यसलाई प्राथमिक एजेन्डाका रूपमा उठाउने बताए।

 

स्थानीय बासिन्दाले ड्राइपोर्ट निर्माणका लागि लिइएको जग्गाको मुआब्जा अत्यन्त न्यून रहेको र अझै पनि धेरैले पूरा रकम नपाएको गुनासो उम्मेदवारसमक्ष राखेका थिए।

 

समयमै र उचित दरमा मुआब्जा नपाउँदा आफूहरूको दैनिकी, रोजगारी र सामाजिक अवस्था प्रभावित भएको उनीहरूको भनाइ थियो। उनीहरूले हालको बजार मूल्यअनुसार मुआब्जा दर पुनः निर्धारण गर्नुपर्ने मागसमेत अघि सारे।

 

रास्वपा उम्मेदवार कानुले निर्वाचित भएपछि सम्बन्धित सरकारी निकायसँग समन्वय गरी मुआब्जा दर पुनरावलोकन, बाँकी रकम तत्काल भुक्तानी तथा पीडित परिवारलाई न्याय दिलाउने दिशामा पहल गर्ने स्पष्ट पारे। सुशासन, पारदर्शिता र नागरिक–केन्द्रित नीति नै रास्वपाको मूल आधार भएको उनको भनाइ थियो।

 

घरदैलो कार्यक्रममार्फत रास्वपाले सिर्सियाका टोल–टोलमा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्यालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले ड्राइपोर्ट मुआब्जा विवाद समाधानका लागि अब निर्णायक र परिणाममुखी पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.