logo

संकटमा फसेको मुलुकलाई जोगाउन  नेकपा एमालेले चुनाव जित्नु आवश्यक छः उम्मेदवार यादव

 इसीमाना सम्वाददाता     २०८२ माघ २० गते ०३: १२ मा प्रकाशित     467   पटक पढिएको

वीरगंज । नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर .१ मा प्रतिनिधि सभाका उम्मेदवार रहेका प्रदिप यादवले मुलुक संकटमा फसेको बताएका छन ।

 

प्रेस चौतारी नेपाल पर्सा शाखाले आयोजना गरेको एमालेका उम्मेदवार संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले संकटमा फसेको मुलुकलाई निकास दिन नेकपा एमालेले चुनाव जित्नु अनिवार्य रहेको बताए । 


सार्वजनीक रुपमा आफूले धेरै कुरा बोल्न नमिल्ने बताउदै उनले राष्ट्रलाई संकट पर्दा राष्ट्रवादी अडान लिने नेता के.पी.ओलीमात्र भएकोले आफूले उहाँको नेतृत्वमा रहेर काम गर्ने बाटो रोजेको बताए ।

 

उनले भने एमालेमा प्रवेश गर्नु एन्टी करेन्टजस्तो देखिन्छ मैले कुनै बाध्यताले होइन इन्छाले कमरेड ओलीको मुलुक र माटोप्रतिको माया र अडानका कारण एमाले राजेको हुँ । 


उनले प्रेस चौतारी नेपालक कमरेडहरुले एकमाना एकताका साथ सहयोग गरेको खण्डमा पर्साका चारै सूर्यध्वजाबाहक उम्मेदवारले चुनाव जित्ने बताए । 

 

उनले भने ‘ मेरो सम्बन्ध पर्साको हेरक कुनाकाप्चामा रहेको छ , पर्सालाई म राम्ररि चिनेको छु , अहिले पर्सा क्षेत्र नम्बर १ मा सक्रिय थिए अब चारवटै क्षेत्रमा चुनावी सक्रियता  तिब्र पार्ने छु ‘ । उनले भने राष्ट्र जोगाउनकालागि हामी चारै जनाले जित्नु पर्छ मेरो भूमिका त्यसैमा केन्द्रीत हुन्छ ।

 

उनले भने अहिले फरक परिस्थितमा चुनाव भईराहेको र अहिले एमालेप्रति चौतर्फी आक्रमण भईराहेको हुदा भ्रम चिर्न प्रेस चौतारीका पदाधिकारी लाग्नुपर्नेमा उनले जोड दिए ।

 

उनले बिगतमा आफु अथवा एमाले पार्टी कार्यकर्ताबाट भएको कमीकमजोरीलाई बिर्सिदै राष्ट्र जोगाउन र संविधान जोगाउनका लागि एमालेलाई जसरी पनि हरेक ठाउँबाट जिताउन सबको सक्रिय भुकिका अपरिहार्य रहेको जिकिर गरे ।

 

प्रेस चौतारी पर्साका अध्यक्ष निरन्जन मिश्रको अध्यक्षता एवम उपाध्यक्ष राजेन्द्र सिंह राजपूतको सहजीकरणमा सम्पन्न भएको उक्त भेलामा पर्सा २ का एमाले उम्मेदवार रिमा यादव , ३ का उम्मेदवार रुपेश पाण्डे र ४ का उम्मेदवार जालिम मियाँ , पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा , प्रेस चौतारी मधेश प्रदेश अध्यक्ष लालबाबु सिंह लगायतले सम्बोधन गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.