logo

वीरगन्जमा जसपा नेपालको चुनावी सक्रियता बढ्दो, सम्पर्क कार्यालयसहित घरदैलो अभियान

 इसीमाना सम्वाददाता     २०८२ माघ १९ गते ०८: ४४ मा प्रकाशित     398   पटक पढिएको

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै वीरगन्जमा आफ्नो संगठनात्मक गतिविधि थप सशक्त बनाएको छ।

 

यस क्रममा पार्टीले वीरगन्ज महानगरपालिका–१६, ईनर्वामा नयाँ सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै मतदाता केन्द्रित अभियान सुरु गरेको हो।

 

सम्पर्क कार्यालय उद्घाटनसँगै पार्टीका नेता तथा कार्यकर्ताहरू घरदैलो कार्यक्रममा सक्रिय देखिएका थिए। पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का जसपा नेपालका उम्मेदवार रामनरेश यादवको नेतृत्वमा सञ्चालित कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरिएको थियो।

 

घरदैलोका क्रममा उम्मेदवार यादवले पार्टीको दृष्टिकोण, विकाससम्बन्धी प्राथमिकता र निर्वाचनपछिका योजनाबारे जानकारी गराउँदै मतदातासँग विचार आदान–प्रदान गरेका थिए।

 

 उनले वीरगन्ज र समग्र पर्साको विकास, सुशासनको प्रत्याभूति तथा नागरिक अधिकारको संरक्षणलाई जसपा नेपालको प्रमुख एजेन्डा रहेको उल्लेख गरे।

पार्टीका स्थानीय नेताहरूले नयाँ सम्पर्क कार्यालयलाई संगठन विस्तारका साथै मतदातासँग निरन्तर सम्पर्क कायम गर्ने माध्यमका रूपमा प्रयोग गरिने बताएका छन्। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.