logo

एमाले उम्मेदवार यादवको शालिनताबाट मतदाता प्रभावित,आफूलाई सर्मथन गर्न गरिन अपिल

 इसीमाना सम्बाददाता     २०८२ माघ १९ गते ०८: ३९ मा प्रकाशित     313   पटक पढिएको

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले) की उम्मेदवार रिमा यादवले आफूलाई जनातको वीचमा शालिनतापूर्व प्रस्तुत गर्दै आइरहेकी छिन । 


सोमबार पर्सागढी नगरपालिका वडा नम्बर–८ अन्तर्गत रमौली, टाडी र हरपुर क्षेत्रमा आयोजित मतदाता अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उम्मेदवार यादवको शालिनता र शिष्टताबाट स्थानीयहरु प्रभावित भएका छन ।

 

आफू भन्दा ढुलालाई बडोसम्मानपूर्वक ब्यवहार गर्ने यादवको बानीले मतदातालाई उत्साहत बनाएको छ ।

 

विकासका अपेक्षा अधुरै रहँदा अब परिणाम दिने नेतृत्व आवश्यक भएको मतदाताको भनाईलाई उनले ब्यवहारमै काम गरेर देखाउने भन्दै आफना वाचाहरुको उत्तरदायित्व लिने प्रतिवद्धता ब्यक्त गरिन।

 

 उम्मेदवार यादवले क्षेत्रको समग्र विकासलाई मुख्य लक्ष्य बनाएर राजनीतिमा प्रवेश गरेको बताइन्। उनले भाषण र आश्वासनमा सीमित नभई काममार्फत विश्वास जित्ने प्रतिबद्धता जनाउँदै, कानुनको दायराभित्र रहेर जनताको हितमा पर्ने कार्यहरू अघि बढाउने स्पष्ट पारिन्।

 

यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई समर्थन गर्न मतदातासँग आग्रह गरिन्। कार्यक्रममा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको सक्रिय उपस्थिति देखिएको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.