logo

पर्साका प्रतिनिधिसभा उम्मेदवारसँग प्रेस सेन्टर र समाजवादीका पत्रकारहरूको अन्तरक्रिया

 इसीमाना सम्वाददाता     २०८२ माघ १९ गते ०४: ०५ मा प्रकाशित     345   पटक पढिएको

वीरगंज । प्रेस सेन्टर नेपाल पर्सा र समाजवादी प्रेस संगठन पर्साको संयुक्त आयोजनामा पर्सा निर्वाचन क्षेत्र नं. १ देखि ४ सम्मका प्रतिनिधिसभा उम्मेदवारहरूसँग पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 

 

 कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार सिए अजय चौरसिया, क्षेत्र नं. २ का उम्मेदवार मनोज पटेल ३ का छोटेलाल यादव तथा क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारु सहभागी भएका थिए। साथै पार्टीका केन्द्रीय सदस्य तथा स्थानीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

 

 अन्तरक्रियामा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे, पर्सा जिल्ला अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु सुमनलगायत जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो।

 

 

कार्यक्रममा वक्ताहरूले वर्तमान निर्वाचन माहोल, चुनावी प्रचार–प्रसारको अवस्था तथा पत्रकार र राजनीतिक दलबीच सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए। साथै पर्सा निर्वाचन क्षेत्र नं. १ देखि ४ सम्मका उम्मेदवारहरूको सफलताका लागि आ–आफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

थारु समुदायको अधिकार र पहिचानका लागि ‘थारु जागरण अभियान नेपाल’ स्थापना

वीरगञ्ज । थारु समुदायको हक, अधिकार, भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा सामाजिक उत्थान गर्ने उद्देश्यले ‘थारु जागरण अभियान नेपाल’ स्थापना गरिएको छ।

रंगपुरसम्मको बाँकी सडक निर्माण अघि बढेपछि गाउँपालिका अध्यक्षसहित टिमलाई धन्यवाद

रंगपुर। सखुवा प्रसौनी गाउँपालिका देखी पटेर्वा सुगौलीको वडा नं २ को रंगपुर बजारसम्म पुग्ने बाँकी सडक निर्माण कार्य अघि बढाउने तयारी भएपछि स्थानीयस्तरबाट गाउँपालिका अध्यक्ष तथा गाउँपालिका परिवारप्रति धन्यवाद व्यक्त गरिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.