वीरगन्ज । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा आफ्नो संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। सोही क्रममा एमालेले ३३ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
एमालेका केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नं. २ का इन्चार्ज विजय कुमार सरावगीको संयोजकत्वमा गठन गरिएको कमिटीमा मधेस प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव सदस्य रहेका छन ।
त्यसैगरि यादवको संयोकत्वमा महानगर निर्वाचन परिचालन कमिटी गठन भएको छ । क्षेत्रीय परिचालन कमिटीमा, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र क्षेत्रीय कमिटीका नेतृत्व तहका प्रतिनिधिहरूलाई समेटिएको छ।
त्यसैगरि महानगर निर्वाचन परिचालन कमिटीमा महानगरका पदाधिकारी तथा सदस्यहरु सहितका नेताहरुलाई समेटिएको छ ।
क्षेत्रीय निर्वाचन परिचालन कमिटीको संयोजकमा विजय कुमार सरावगी चयन भएका छन। सदस्यहरूमा विचारी प्रसाद यादव, शिव पटेल, महेश दास, मनोज कुमार कुशवाहा, ध्रुव साह, रमिला खातुन, विना शर्मा, गोकर्ण पाठक, पुरन पटेल, सुष्मा कुशवाहा, नविजान मिया, सिता लामा, ओम प्रकाश साह , खुर्रम आलम, केदारनाथ तिवारी, हरेराम पटेल, अफजल हुसेन, प्रदीप यादव, अजय गुप्ता लगायत रहेका छन्।
त्यसैगरी अमोद यादव, तयम मिया, अर्जुन नेपाल, हरिमाया तामाङ, उधव उप्रेती, लियाकत अली, अजय कुमार साह, दुर्गा लामिछाने, दयानन्द उपाध्याय, प्रमोद कुशवाहा, सिकेन्द्र पटेल, श्याम गुप्ता र जितेन्द्र कर्ण सदस्यका रूपमा चयन भएका छन्।
कमिटी गठनसँगै एमालेले पर्सा–२ मा चुनावी रणनीति, प्रचार–प्रसार तथा संगठन परिचालनलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउने जनाएको छ। क्षेत्रभित्रका सबै शक्ति र संगठनलाई एकताबद्ध गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो रूपमा प्रस्तुत गर्ने र बहुमतसहित विजयी गराउने लक्ष्य कमिटीले लिएको छ।
तपाईको प्रतिक्रिया