logo

एमाले नेता सरावगी पर्साको क्षेत्र नं.२ मा, महानगरमा यादव कमाण्डर तोकिए

 इसीमाना सम्वाददाता     २०८२ माघ १८ गते ०९: १५ मा प्रकाशित     725   पटक पढिएको

वीरगन्ज  । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा आफ्नो संगठनात्मक तयारीलाई तीव्र बनाएको छ। सोही क्रममा एमालेले ३३ सदस्यीय क्षेत्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

एमालेका केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नं. २ का इन्चार्ज विजय कुमार सरावगीको संयोजकत्वमा गठन गरिएको कमिटीमा मधेस प्रदेश कमिटीका उपाध्यक्ष बिचारी यादव सदस्य रहेका छन ।

 

त्यसैगरि यादवको संयोकत्वमा महानगर निर्वाचन परिचालन कमिटी गठन भएको छ । क्षेत्रीय परिचालन कमिटीमा, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू र क्षेत्रीय कमिटीका नेतृत्व तहका प्रतिनिधिहरूलाई समेटिएको छ।

 

 त्यसैगरि महानगर निर्वाचन परिचालन कमिटीमा महानगरका पदाधिकारी तथा सदस्यहरु सहितका नेताहरुलाई समेटिएको छ ।


क्षेत्रीय निर्वाचन परिचालन कमिटीको संयोजकमा विजय कुमार सरावगी चयन भएका छन। सदस्यहरूमा विचारी प्रसाद यादव, शिव पटेल, महेश दास, मनोज कुमार कुशवाहा, ध्रुव साह, रमिला खातुन, विना शर्मा, गोकर्ण पाठक, पुरन पटेल, सुष्मा कुशवाहा, नविजान मिया, सिता लामा, ओम प्रकाश साह , खुर्रम आलम, केदारनाथ तिवारी, हरेराम पटेल, अफजल हुसेन, प्रदीप यादव, अजय गुप्ता लगायत रहेका छन्।

 

त्यसैगरी अमोद यादव, तयम मिया, अर्जुन नेपाल, हरिमाया तामाङ, उधव उप्रेती, लियाकत अली, अजय कुमार साह, दुर्गा लामिछाने, दयानन्द उपाध्याय, प्रमोद कुशवाहा, सिकेन्द्र पटेल, श्याम गुप्ता र जितेन्द्र कर्ण सदस्यका रूपमा चयन भएका छन्।


कमिटी गठनसँगै एमालेले पर्सा–२ मा चुनावी रणनीति, प्रचार–प्रसार तथा संगठन परिचालनलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउने जनाएको छ। क्षेत्रभित्रका सबै शक्ति र संगठनलाई एकताबद्ध गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो रूपमा प्रस्तुत गर्ने र बहुमतसहित विजयी गराउने लक्ष्य कमिटीले लिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.