logo

पर्सा २ का रास्वपा उम्मेदवार सुशील कानुको बगहीमा घरदैलो, स्थानीय सरोकारमा केन्द्रित संवाद

 इसीमाना सम्बाददाता     २०८२ माघ १८ गते ०१: ०० मा प्रकाशित     257   पटक पढिएको

वीरगञ्ज ।  राष्ट्रिय स्वतन्त्र पार्टीको पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज महानगरपालिका–२८ बगही क्षेत्रमा घरदैलो तथा जनसम्पर्क कार्यक्रम सम्पन्न गरेका छन्।

 

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रका प्रमुख समस्या, विकासका प्राथमिकता र जनअपेक्षाबारे जानकारी लिएका थिए। उनले जनताबाट आएका सुझाव र गुनासालाई नीति तथा संसद् तहसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

 

स्थानीयहरूले सडक पूर्वाधार, खानेपानी, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र सुशासनसँग सम्बन्धित विषयमा ध्यानाकर्षण गराएका थिए। त्यसको जवाफमा कानुले निर्वाचित भएमा ती विषयहरूलाई संसद्मा प्रभावकारी रूपमा उठाई समाधानतर्फ निरन्तर पहल गर्ने बताए।

 

कार्यक्रममा बोल्दै कानुले स्वच्छ राजनीति, जवाफदेही नेतृत्व र पारदर्शी शासन प्रणालीमार्फत मात्र पर्साको समग्र विकास सम्भव हुने उल्लेख गरे। “जनताको भरोसा नै मेरो राजनीतिक शक्ति हो,” उनले भने, “जनताको आवश्यकताअनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो।”

 

घरदैलो कार्यक्रममा रास्वपाका स्थानीय नेता–कार्यकर्ता, समर्थक र सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो। आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार कानुले क्षेत्रका अन्य वडाहरूमा पनि जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.