logo

सीप पाएका प्रशिक्षार्थीले पाए प्रमाणपत्र,नारा होइन उद्यम गर्ने सीप दिने वतावरण बनाउने रुङ्गटाको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८२ माघ १७ गते ०७: ३५ मा प्रकाशित     127   पटक पढिएको

वीरगञ्ज ।  रोजगारी र आत्मनिर्भरताको चुनौती चुलिँदै गएको बेला पर्सामा सिपमूलक तालिममार्फत ३० जनालाई प्रत्यक्ष लाभ पुगेको छ।

 

नेपाल ट्रेड युनियन कांग्रेस पर्साको आयोजनामा तीन महिने ब्युटिसियन तथा सिलाइ–कटाइ (लेभल–२) तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।

 

शनिबार सम्पन्न प्रमाणपत्र वितरण समारोह नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसादको सभापतित्वमा सम्पन्न भएको थियो।

 

कार्यक्रममा संविधानसभा सदस्य तथा पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार अनिल रुंगटा प्रमुख अतिथिका रूपमा सहभागी थिए।

 

नेपाल ट्रेड युनियन कांग्रेस र जिलाफ इन्टरनेशनल लेबर फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिएको तालिममा ब्युटिसियन र सिलाइ–कटाइतर्फ १५–१५ जना गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी थिए।

 

तालिम समापनपछि उनीहरूलाई औपचारिक प्रमाणपत्र प्रदान गरिएको हो। साथै, तालिम सञ्चालनमा योगदान पुर्‍याएका दुई प्रशिक्षकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।

 

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकोलागि पर्साका क्षेत्र नं १ बाट नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका  रुंगटाले सिपमूलक तालिमले युवालाई वैदेशिक रोजगारीको बाध्यताबाट मुक्त गरी स्वदेशमै आत्मनिर्भर बनाउने बताए। “राजनीतिक नाराभन्दा महत्वपूर्ण कुरा युवालाई काम गर्न सक्ने सीप दिनु हो,” उनले भने।

 

समारोहमा नेपाल कृषि श्रमिक संघ पर्साका अध्यक्ष लखनलाल साह कानु सबैया साझेदारी वन उपभोक्ता समूह, सबैया टारीको अध्यक्षमा चयन भएको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस पर्साले सम्मानसमेत गरेको थियो।

 

कार्यक्रममा संविधानसभा सदस्य अजय दुबेदी, नेपाली कांग्रेस क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, वीरगञ्ज महानगर सभापति मणिन्द्रलाल नेपाली, कांग्रेस नेता हरि यादवलगायत ट्रेड युनियन आन्दोलनमा सक्रिय केन्द्रीय, प्रदेश, जिल्ला तथा इकाइ तहका करिब २५० श्रमिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रममा उपाध्यक्ष चन्द्रनारायण सिंह रिजालले स्वागत मन्तव्य राखेका थिए भने सचिव हरेन्द्र महतोले कार्यक्रम सञ्चालन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.