logo

रास्वपा पर्सा प्रति जेन्जी युवाको ठुलो आकर्षण, चारसय युवाहरु प्रवेश

 इसीमाना सम्बाददाता     २०८२ माघ १७ गते ०६: १९ मा प्रकाशित     218   पटक पढिएको

वीरगञ्ज ।  पर्सा जिल्लाका चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

 

 वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा ठूलो सङ्ख्यामा युवाहरू रास्वपामा समाहित भएका हुन्।

 

पार्टी प्रवेश गर्नेमा कमलेश पटेल, रञ्जित साह कलवार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियन्जन यादव, सञ्जीत साह, दनिश सेखलगायत रहेका छन्।

 

पार्टी प्रवेश कार्यक्रममा बोल्दै जेन्जी नेता परबेज शे खले देश परिवर्तन गर्न सक्ने क्षमता राष्ट्रिय स्वतन्त्र पार्टीसँग मात्र रहेको दाबी गरे। उनले पर्साका जेन्जी युवाहरू अब संगठित रूपमा रास्वपालाई विजयी बनाउन सक्रिय हुने बताए।

May be an image of one or more people, beard and people smiling

जेन्जी अभियन्ता सुदन गुरुङ, पुरुषोत्तम यादवलगायतका प्रमुख युवा नेताहरू पहिले नै रास्वपामा आवद्ध भइसकेकाले जेन्जी आन्दोलनको सही प्रतिनिधित्व रास्वपाले गर्न सक्ने उनको भनाइ थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा उम्मेदवार हरि पन्तले जेन्जी युवाहरू नै पार्टीको वास्तविक शक्ति भएको बताए।

 

युवाको सक्रिय सहभागिताका कारण आफू चुनाव जित्नेमा विश्वस्त रहेको उनको भनाइ थियो। साथै उनले निर्वाचनका क्रममा हुने पैसाको दुरुपयोग रोक्न कानुनी र मर्यादित बाटो अपनाउन युवाहरूलाई आग्रह गरे।

 

कार्यक्रम महानगर सभापति अमन आलमको अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.