logo

जसपाका नगर अध्यक्ष यादव सहित सैयौं युवाहरु एमालेमा प्रवेश,एमालेको संगठन थप सुदृढ बन्दै

      २०८२ माघ १६ गते ०३: २३ मा प्रकाशित     874   पटक पढिएको

वीरगंज । वीरगञ्ज महानगरपालिका–१५ मा नेकपा एमालेले शुक्रवार पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममार्फत यसअघि जसपा नेपालको प्रभाव क्षेत्र मानिँदै आएको वडाबाट सयौँ नेता तथा कार्यकर्ता एमालेमा समाहित भएका छन्।

 

 

जसपाका वीरगंज महानगर अध्यक्ष  ईश्वरचन्द्र यादवसहित विभिन्न तहका अगुवा कार्यकर्ताहरू औपचारिक रूपमा एमाले  प्रवेश गरेका हुन ।

 

विशेष समारोहका रूपमा सम्पन्न कार्यक्रममा एमाले पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य  विजय सरावगी, जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, सचिव महेश दास, पुरुषोत्तमलाल झा, गगनदेव पटेल तथा उमेशलाल सहनीलगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरूले हाल देखिएको जनसमर्थनले पार्टीप्रति जनताको बढ्दो विश्वास झल्काउने बताए। उनीहरूले संगठनलाई अझ मजबुत बनाउँदै आगामी निर्वाचनमा सूर्य चिन्हलाई विजयी गराउने गरी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

 

आयोजकका अनुसार कार्यक्रममा स्थानीय तहका कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो, जसले वीरगञ्जमा एमालेको संगठन थप सुदृढ बन्दै गएको संकेत गरेको छ। वडागत रुपमा पार्टी प्रवेशको कार्यक्रम संचालन हुने पर्साका सचिव महेश दासले जानकारी दिए । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.