logo

जसपाको निर्वाचन कार्यालयको उद्धघाटन,जनअपेक्षालाई पुर गर्ने टेमानीको प्रतिवद्धता

 इसीमाना सम्बाददाता     २०८२ माघ १५ गते ०७: २७ मा प्रकाशित     578   पटक पढिएको

वीरगंज । जसपा नेपालको पर्सा निर्वाचन क्षेत्र नं. २ को निर्वाचन परिचालनको कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ।


उक्त उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका लालबाबु राउतले कार्यालयको  उद्घाटन गरेका हुन।

 

कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार राम नरेश यादव लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।  प्रमुख अतिथिसँगै उम्मेदवारहरुले पनि संयुक्त रूपमा निर्वाचन प्रचार कार्यालयको उद्घाटन गरेका थिए।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै लालबाबु राउतले मधेशको अधिकार, पहिचान र समावेशी लोकतन्त्रका लागि प्रतिनिधि सभामा सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गरे।

 

उनले पर्सा जिल्लामा पार्टी संगठन सुदृढ हुँदै गएको बताउँदै जनताको विश्वास र समर्थनले जसपा नेपाललाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

 

त्यसैगरी उम्मेदवार अशोक टेमानीले आफू जनताको सेवा, सुशासन, विकास र मधेशी अधिकारका मुद्दामा दृढतापूर्वक आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले  निर्वाचन क्षेत्र नं .२ का जनताले देखाएका आशा र अपेक्षालाई प्रतिनिधि सभामा पुरा गर्ने अठोट व्यक्त गरे।

 कार्यकर्ता, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.