वीरगन्ज । प्रेस चौतारी नेपाल पर्साको बैठक बिहिवार सम्पन्न भएको छ। बैठकले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका तर्फबाट पर्साका चारवटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूको पक्षमा सक्रिय रूपमा उभिने निर्णय गरेको छ।
बैठकले निर्वाचन अभियान प्रभावकारी भूमिका निर्वाह गर्न बिभिन्न योजना निर्माण गर्ने निर्णय गरेको छ । बैठकले चौतारीका नेता तथा कार्यकर्ताहरू उम्मेदवारहरूसँग समन्वय गर्दै तथ्यपरक र प्रभावकारी समाचार सम्प्रेषणमा भूमिका खेल्ने निर्णय समेत गरेको छ।
कार्यक्रममा प्रेस चौतारी नेपालका प्रदेश इन्चार्ज अच्युत पौडेल, मधेश प्रदेश अध्यक्ष लालबाबु शेख, नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दास, प्रचार विभाग प्रमुख सुन्दर प्रसाद कुर्मी तथा प्रेस चौतारी पर्साका इन्चार्ज तुलसी भण्डारी लगायतले संगठनको वर्तमान जिम्मेवारी र आगामी रणनीतिबारे आ–आफ्ना धारणा राखेका थिए।
बैठकका प्रमुख अतिथि तथा नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दासले पार्टी निकट रहेका पत्रकारहरूले निर्वाचन अवधिमा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीबारे स्पष्ट निर्देशन दिएका थिए ।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रको अध्यक्षतामा सम्पन्न बैठकले संगठनलाई निर्वाचन केन्द्रित गतिविधिमा थप सक्रिय बनाउने निष्कर्ष निकालेको छ।
तपाईको प्रतिक्रिया