logo

पर्सा १ र २ मा एमालेको आक्रमक निर्वाचन अभियान, यादव बने कमाण्डर

 इसीमाना सम्वाददाता     २०८२ माघ १५ गते ०९: ५८ मा प्रकाशित     287   पटक पढिएको

वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको बैठक सम्पन्न भएको छ। कमिटीका सचिव तथा कार्यबाहक अध्यक्ष लियाकत अलीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगी प्रमुख अतिथिका रूपमा सहभागी थिए।

 

बैठकमा मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवलगायत नेताहरूले आगामी निर्वाचन र संगठनात्मक मजबुतीका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

 

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। नवगठित समितिले पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन प्रभावकारी रणनीति तय गर्दै संगठन विस्तार र चुनावी गतिविधि तीव्र बनाउने निर्णय गरेको जनाइएको छ।

 

कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए  भने स्वागत मन्तव्य प्रदुमम्न सेढाईले ब्यक्त गरेका थिए। बैठकमा नेकपा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.