वीरगञ्ज । नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको बैठक सम्पन्न भएको छ। कमिटीका सचिव तथा कार्यबाहक अध्यक्ष लियाकत अलीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका पूर्व प्रमुख विजय कुमार सरावगी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
बैठकमा मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादव, पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादव, क्षेत्र नम्बर २ की प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवलगायत नेताहरूले आगामी निर्वाचन र संगठनात्मक मजबुतीका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।
बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै मधेश प्रदेश उपाध्यक्ष बिचारी यादवको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। नवगठित समितिले पार्टीका उम्मेदवारहरूलाई विजयी बनाउन प्रभावकारी रणनीति तय गर्दै संगठन विस्तार र चुनावी गतिविधि तीव्र बनाउने निर्णय गरेको जनाइएको छ।
कार्यक्रमको सहजीकरण राकेश साहले गरेका थिए भने स्वागत मन्तव्य प्रदुमम्न सेढाईले ब्यक्त गरेका थिए। बैठकमा नेकपा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो।
तपाईको प्रतिक्रिया