logo

राष्ट्रिय मर्यादाको अपमान गरेको आरोपमा  हिन्दू जागरण नेपालले गर्यो कारबाहीको माग

 इसीमाना सम्वाददाता     २०८२ माघ १४ गते ०८: ०१ मा प्रकाशित     248   पटक पढिएको

काठमाडौँ । नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न–प्रतीक तथा राष्ट्रिय जनावरको अपमान हुने अभिव्यक्ति दिएको आरोप लगाउँदै बाँके क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गरिएको छ।

 

हिन्दू जागरण नेपालले आज निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई ज्ञापनपत्र बुझाउँदै सुनारले दिएको अभिव्यक्तिले समाजमा भ्रम फैलाउने र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने दाबी गरेको छ।

 

 

संगठनले राजनीतिक लाभका लागि राष्ट्रियतासँग जोडिएका संवेदनशील विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाउँदै सुनारको उम्मेदवारी खारेज गर्नसमेत माग गरेको छ।

 

ज्ञापनपत्रमा सुनारका अभिव्यक्तिले राष्ट्रको गरिमा कमजोर बनाउने तथा आम नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको उल्लेख गर्दै यस विषयमा निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिइएको छ।

 

यस्ता गतिविधिले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने भन्दै समयमै रोक लगाउनुपर्ने हिन्दू जागरण नेपालको भनाइ छ।

 

संगठनले प्रचलित कानुन तथा निर्वाचन आचारसंहिताअनुसार आवश्यक कारबाही गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.