logo

पर्सा १ मा रास्वपा उम्मेदवार हरि पन्तप्रति समर्थन बढ्दो, प्रदेशी पनि उत्रिए मत माग्न

 इसीमाना सम्वाददाता     २०८२ माघ १३ गते १०: ०१ मा प्रकाशित     705   पटक पढिएको

वीरगन्ज । पर्सा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तप्रति मतदाताको आकर्षण बढ्दो छ।

 

 विशेषगरी वीरगन्जका व्यवसायी र युवा उद्यमीहरूमाझ पन्त लोकप्रिय बन्दै गएको स्थानीयको भनाइ छ।

 

रास्वपाको नेतृत्व तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पन्त निर्वाचन घोषणापछि पर्सा–१ बाट उम्मेदवार बनेसँगै चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ।

 

नयाँ पार्टी र नयाँ अनुहारप्रति मतदाताको चासो बढिरहेको बेला भोजपुरी चलचित्र क्षेत्रका चर्चित कलाकार प्रदेशी साहले समेत पन्तको पक्षमा प्रचारमा उत्रिएपछि चुनावी वातावरण थप तातिएको छ।

 

पन्तले वीरगन्जको आर्थिक र सांस्कृतिक विकासका लागि व्यक्तिगत तथा संस्थागत रूपमा योगदान दिँदै आएको स्थानीयको भनाई छ  ।

 

चलचित्र निर्माता समेत रहेका उनले वीरगन्जमै पहिलो पटक ऐतिहासिक स्वर्णिम चलचित्र महोत्सवको आयोजना गरेका थिए, जसले सहरको सांस्कृतिक पहिचानलाई थप उजागर गरेको थियो।

 

पन्तद्वारा निर्माण गरिएको चलचित्र ‘मेला’ दर्शकमाझ लोकप्रिय बनेको थियो भने समाजका यथार्थ कथालाई पर्दामा उतार्ने क्षमताका कारण उनी फरक पहिचान बनाएका व्यक्तित्वका रूपमा चिनिन्छन्। 

 

भोजपुरी र नेपाली चलचित्र क्षेत्रमा चर्चित कलाकार प्रदेशी साह अहिले पन्तलाई विजयी गराउन सक्रिय रूपमा चुनावी अभियानमा जुटिरहेका छन्।

 

साह ‘एसपी खरेल’ जस्ता चर्चित भोजपुरी चलचित्रका निर्माता पनि हुन्। रास्वपामा देशभरका विभिन्न कलाकारहरूको सहभागिता बढ्दै गएको र कतिपय कलाकारहरू समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमा समेत परेका छन्।

चुनावी सभाहरूमा बोल्दै उम्मेदवार हरि पन्तले पुराना राजनीतिक दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गर्दै अब नयाँ सोच र नेतृत्वमार्फत देशलाई अगाडि बढाउन आवश्यक रहेको बताए। उनले मतदातालाई एकपटक घण्टी छापमा मत दिएर परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.