logo

पर्सा १ मा रास्वपा उम्मेदवार हरि पन्तप्रति समर्थन बढ्दो, प्रदेशी पनि उत्रिए मत माग्न

 इसीमाना सम्वाददाता     २०८२ माघ १३ गते १०: ०१ मा प्रकाशित     119   पटक पढिएको

वीरगन्ज । पर्सा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्तप्रति मतदाताको आकर्षण बढ्दो छ।

 

 विशेषगरी वीरगन्जका व्यवसायी र युवा उद्यमीहरूमाझ पन्त लोकप्रिय बन्दै गएको स्थानीयको भनाइ छ।

 

रास्वपाको नेतृत्व तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका पन्त निर्वाचन घोषणापछि पर्सा–१ बाट उम्मेदवार बनेसँगै चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ।

 

नयाँ पार्टी र नयाँ अनुहारप्रति मतदाताको चासो बढिरहेको बेला भोजपुरी चलचित्र क्षेत्रका चर्चित कलाकार प्रदेशी साहले समेत पन्तको पक्षमा प्रचारमा उत्रिएपछि चुनावी वातावरण थप तातिएको छ।

 

पन्तले वीरगन्जको आर्थिक र सांस्कृतिक विकासका लागि व्यक्तिगत तथा संस्थागत रूपमा योगदान दिँदै आएको स्थानीयको भनाई छ  ।

 

चलचित्र निर्माता समेत रहेका उनले वीरगन्जमै पहिलो पटक ऐतिहासिक स्वर्णिम चलचित्र महोत्सवको आयोजना गरेका थिए, जसले सहरको सांस्कृतिक पहिचानलाई थप उजागर गरेको थियो।

 

पन्तद्वारा निर्माण गरिएको चलचित्र ‘मेला’ दर्शकमाझ लोकप्रिय बनेको थियो भने समाजका यथार्थ कथालाई पर्दामा उतार्ने क्षमताका कारण उनी फरक पहिचान बनाएका व्यक्तित्वका रूपमा चिनिन्छन्। 

 

भोजपुरी र नेपाली चलचित्र क्षेत्रमा चर्चित कलाकार प्रदेशी साह अहिले पन्तलाई विजयी गराउन सक्रिय रूपमा चुनावी अभियानमा जुटिरहेका छन्।

 

साह ‘एसपी खरेल’ जस्ता चर्चित भोजपुरी चलचित्रका निर्माता पनि हुन्। रास्वपामा देशभरका विभिन्न कलाकारहरूको सहभागिता बढ्दै गएको र कतिपय कलाकारहरू समानुपातिकतर्फका उम्मेदवारको बन्दसूचीमा समेत परेका छन्।

चुनावी सभाहरूमा बोल्दै उम्मेदवार हरि पन्तले पुराना राजनीतिक दलहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गर्दै अब नयाँ सोच र नेतृत्वमार्फत देशलाई अगाडि बढाउन आवश्यक रहेको बताए। उनले मतदातालाई एकपटक घण्टी छापमा मत दिएर परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.