logo

नेपाल मुस्लिम संघ पर्साद्वारा चुनावी भेला सम्पन्न ,संसदमा जनताको आवाज उठाउने रुगंटाको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८२ माघ १३ गते ०८: ५६ मा प्रकाशित     650   पटक पढिएको

वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल मुस्लिम संघ पर्साले चुनावी भेला आयोजना गरेको छ।

 

 

फागुन २१ गते हुन गइरहेको निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुगंटालाई विजयी गराउने उद्देश्यसहित भेला सम्पन्न गरिएको हो।

 

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले पर्सा–१ मा कांग्रेसको जित सुनिश्चित गर्न मुस्लिम समुदायको एकता निर्णायक हुने बताए।

 

 उनले उम्मेदवार रुगंटाको विजयले क्षेत्रका नागरिकको समग्र हित सुरक्षित हुने दाबी गरे।

 

नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले प्रतिनिधिसभा निर्वाचनमा मुस्लिम समुदायको भूमिकालाई महत्वपूर्ण बताउँदै रुगंटाको नेतृत्वमा क्षेत्रले विकासको नयाँ गति लिने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा उम्मेदवार अनिल कुमार रुगंटाले आफू निर्वाचित भए पर्सा क्षेत्र नम्बर–१ का जनसमस्या समाधान, विकास निर्माण र नागरिक अधिकारको पक्षमा संसदमा प्रभावकारी आवाज उठाउने प्रतिबद्धता जनाए। उनले जनतासँग नजिक रहेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने बताए।

 

भेलाका क्रममा सहभागीहरूले रुंग्टाको समर्थनमा नाराबाजी गर्दै एकजुट भएर चुनावी अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

नेपाल मुस्लिम संघ पर्साका जिल्ला अध्यक्ष हबिब मियाको अध्यक्षतामा सम्पन्न भेलामा  क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति महमद सहाबुद्दिनसहित मुस्लिम समुदायका अगुवा कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.