logo

नेपाल मुस्लिम संघ पर्साद्वारा चुनावी भेला सम्पन्न ,संसदमा जनताको आवाज उठाउने रुगंटाको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८२ माघ १३ गते ०८: ५६ मा प्रकाशित     160   पटक पढिएको

वीरगन्ज । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल मुस्लिम संघ पर्साले चुनावी भेला आयोजना गरेको छ।

 

 

फागुन २१ गते हुन गइरहेको निर्वाचनमा पर्सा क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुगंटालाई विजयी गराउने उद्देश्यसहित भेला सम्पन्न गरिएको हो।

 

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका जिल्ला सचिव इम्तियाज आलमले पर्सा–१ मा कांग्रेसको जित सुनिश्चित गर्न मुस्लिम समुदायको एकता निर्णायक हुने बताए।

 

 उनले उम्मेदवार रुगंटाको विजयले क्षेत्रका नागरिकको समग्र हित सुरक्षित हुने दाबी गरे।

 

नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले प्रतिनिधिसभा निर्वाचनमा मुस्लिम समुदायको भूमिकालाई महत्वपूर्ण बताउँदै रुगंटाको नेतृत्वमा क्षेत्रले विकासको नयाँ गति लिने विश्वास व्यक्त गरे।

 

कार्यक्रममा उम्मेदवार अनिल कुमार रुगंटाले आफू निर्वाचित भए पर्सा क्षेत्र नम्बर–१ का जनसमस्या समाधान, विकास निर्माण र नागरिक अधिकारको पक्षमा संसदमा प्रभावकारी आवाज उठाउने प्रतिबद्धता जनाए। उनले जनतासँग नजिक रहेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर पहल गर्ने बताए।

 

भेलाका क्रममा सहभागीहरूले रुंग्टाको समर्थनमा नाराबाजी गर्दै एकजुट भएर चुनावी अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

नेपाल मुस्लिम संघ पर्साका जिल्ला अध्यक्ष हबिब मियाको अध्यक्षतामा सम्पन्न भेलामा  क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति महमद सहाबुद्दिनसहित मुस्लिम समुदायका अगुवा कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

निर्वाचन प्रहरी भर्नाः तीन पटक म्याद थप्दा पनि आवेदन अपुग, आवेदन दिन बागलुङ आग्रह

बागलुङ ।  बागलुङ जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्नामा अपेक्षाअनुसार आवेदन परेको छैन।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.