वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले पर्सा निर्वाचन क्षेत्र नं. १ र २ मा शनिबार भव्य क्षेत्रीय चुनावी कार्यकर्ता भेला सम्पन्न गरेको छ।
यी भेलाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि स्थानीय संगठन मजबुत बनाउने र पार्टीको मताधार विस्तार गर्ने उद्देश्य राखेको थियो।
पर्सा–२ मा सम्पन्न भेलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनोज चौधरीले नेकपा मात्र जेन–जी आन्दोलनका मागहरू पूरा गर्न सक्षम भएको दाबी गरे। उनले हालका निवर्तमान सांसद–मन्त्रीहरूको कार्यशैलीले देशमा ठूलो क्षति पुर्याएको बताए।
चौधरीले कार्यकर्तालाई पार्टीको तारा छाप चिन्हमा मतदान गरी विजयी गराउन आह्वान गरे। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नागेन्द्र चौधरी ,रामचन्द्र साह, रामश्रय राम, विपिन यादव, बिरेन्द्र यादव, फिरोज बादसाह, सावित्री पोखरेल लगायतको उपस्थिति उल्लेखनीय थियो।
त्यसैगरी, पर्सा–१ मा सम्पन्न भेलामा उम्मेदवार सीए अजय चौरसियाले शोषित र पीडित वर्गको हकअधिकारको पक्षमा निरन्तर संघर्ष गर्दै आएको बताए।
उनले निर्वाचनको समयमा प्रलोभनमा नपरी सही र योग्य उम्मेदवारको चयन आवश्यक रहेको औंल्याए। चौरसियाले आफू निर्वाचित भएपछि जनताको समस्या समाधान र नीति–नियम सुधारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
भेलामा पार्टीका बाबुराम कौशिक, बालगोपाल थापा, रामबाबु बैठक, मुस्कान खातुन, रामदरश कुश्वाहा लगायतका नेताहरू उपस्थित थिए।
्
भेलाले नेता कौशीकको नेतृत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
दुबै क्षेत्रीय भेलाले नेकपा स्थानीय संगठन सुदृढ गर्ने, युवा नेतृत्व अघि सार्ने र आगामी निर्वाचनमा जनताको विश्वास जित्ने रणनीति स्पष्ट गरेको छ।
कार्यकर्ताहरूले उत्साहका साथ पार्टीका उम्मेदवारलाई समर्थन गर्ने र अभियानमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया