logo

नेकपाको कडा कदम,आधिकारिक उम्मेदवारविरुद्ध उभिएका स्थापित नेताहरु पार्टीबाट निष्कासित

 इसीमाना सम्वाददाता     २०८२ माघ १० गते ०५: ३८ मा प्रकाशित     299   पटक पढिएको

काठमाडौँ । आगामी निर्वाचनलाई लक्षित गर्दै आन्तरिक अनुशासन कडाइका साथ लागू गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी निर्णयको अवज्ञा गर्ने सात जना नेता तथा कार्यकर्तालाई निष्कासन गरेको छ।

 

पाटी{ले सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल, दाङका कुलप्रसाद केसी, उदयपुरका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साहलाई निकालेको हो । 

 

पार्टी स्रोतका अनुसार, आधिकारिक उम्मेदवारको निर्णयलाई चुनौती दिँदै स्वतन्त्र वा वैकल्पिक उम्मेदवारी दर्ता गराउने, त्यस्ता उम्मेदवारलाई प्रस्ताव वा समर्थन गर्ने तथा प्रचारमा संलग्न हुने गतिविधि बढ्दै गएपछि नेतृत्व तह गम्भीर बनेको हो।

 

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा पार्टी नीति, निर्देशन र अनुशासनको उल्लङ्घन गर्ने जो–कोहीमाथि कडा कारबाही हुने स्पष्ट सन्देश दिइएको छ।

 

 विज्ञप्तिमा भनिएको छ, “पार्टीको आधिकारिक निर्णयविरुद्ध गरिने कुनै पनि गतिविधि संगठनात्मक एकतालाई कमजोर बनाउने भएकाले यस्तो कदम चाल्न बाध्य हुनुपरेको हो।”

 

उनीहरू सबैले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भूमिका खेलेको निष्कर्ष पार्टीले निकालेको बताइएको छ।

 

राजनीतिक विश्लेषकहरूका अनुसार यो निर्णय केवल अनुशासनात्मक कारबाही मात्र नभई, निर्वाचनको मुखमा पार्टीभित्र देखा परेका असन्तुष्टि र गुटगत गतिविधिलाई नियन्त्रण गर्ने रणनीतिक सन्देश पनि हो।

 

आगामी दिनमा यस्ता कारबाही अझ विस्तार हुन सक्ने संकेत नेकपा नेतृत्वले दिएको छ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.