वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिकाको विस्तारित बैठक सम्पन्न भएको छ।
बैठक नेकपा एमालेका केन्द्रीय सदस्य तथा वीरगञ्ज महानगरपालिकाका प्रथम नगरप्रमुख विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम, स्थानीय तहमा पार्टीको भूमिका तथा जनसरोकारका विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।
बैठकमा क्षेत्रीय, नगर तथा वडा तहका पार्टी नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
नेता सरावगीले पार्टीलाई जनआधारित, अनुशासित र संगठनात्मक रूपमा मजबुत बनाउन कार्यकर्ताहरूले एकताबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए।
उनले पर्सागढी नगरपालिकामा विकास, सुशासन र जनविश्वास मजबुत बनाउने दिशामा पार्टीले अग्रसर भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।
बैठकले आगामी फागुन २१ गते हुने निवाएचनमा आफनो उम्मेदवारलाई बजियी बनाउन आवश्यक नीतिर योजनाका साथ काम गर्न आग्रह गरे ।
कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले संगठन विस्तार, प्रशिक्षण कार्यक्रम सञ्चालन तथा स्थानीय मुद्दामा सक्रिय रूपमा पार्टीको उपस्थिति बढाउने निर्णयसमेत गरेको जानकारी दिए ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार रिमा यादव पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक जिल्ला कमिटीका उपसचिव सीता लामा पार्टीका नगर अध्यक्ष दुर्गा लामिछाने वीरगंज महानगर कमिटीका सचिव लियाकत अलीको पनि सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया