logo

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट बारा पर्सामा यस्ता छन उम्मेदवार

 इसीमाना सम्वाददाता     २०८२ माघ ५ गते ०३: ३३ मा प्रकाशित     941   पटक पढिएको

वीरगंज । नेपाली कम्युनिष्ट पार्टीले बारा र पर्सामा आफना उम्मेदवारहरुलाई चुनावी मैदानमा उतारेको छ ।

 

पार्टीले पर्साको क्षेत्र नं ४ बाट संबिधान सभाका सदस्य थारु समुदायका स्थापित नेता जयप्रकाश थारुलाई उम्मेदवार बनाएको छ । थारुको उम्मेदवारीले पर्सा क्षेत्र नं ४ त्रीपक्षीय भिडन्तको क्षेत्र बनाउने छ । 


पर्सा क्षेत्र नं ३ मा छोटेलाल यादवलाई मैदानमा उतारेको छ । बिद्यार्थीकाल देखी नै बामपन्थी आन्दोलनमा सक्रिय यादव वीचमा उपेन्द्र यादवले नेतृत्व गरेको पार्टीमा प्रवेश गरेका थिए ।

 

पछि फेरी बाम आन्दोलनमा फर्किएका यादवलाई पार्टीले यसपटक प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । पर्साको क्षेत्र नं बाट पार्टीले मनोज चौधरीलाई उम्मेदवार बनाएको छ ।

 

अनेरास्ववियुको आन्दोलनबाट स्थापित चौधरी पर्साको राजनीतिमा चर्चित युवा नाम हो ।

 

पार्टीको केन्द्रीय सदस्य समेत रहेका चौधरीले समुदायगत रुपामा कुर्मी समुदायको  र पार्टीगत रुपमा अन्य समुदायको भोट पाउने बिश्वास गरिएको छ ।  पर्सा क्षेत्र नं १ मा पार्टीले अजय कुमार चौरसियालाई अगाडि सारेको छ । 


बाराको क्षेत्र नं १ मा सन्तोष दंगाल , २ मा रमेश प्रसाद यादव , ३ मा भरत प्रसाद साह र ४ मा अजय कुशवाहालाई मैदानमा उतारेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.