सर्लाही । माओवादी केन्द्रबाट टिकट नपाएपछि पूर्वमन्त्री रामेश्वर राय यादवले अन्ततः पार्टी पनि छाडेका छन्। आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटेर उनले जसपामा प्रवेश गरे।
मधेसवादी दलबाट राजनीति सुरु गरेका राय कहिले माओवादी, कहिले एमाले–माओवादी गठबन्धन, अब फेरि जसपामा पुगेका छन्। सर्लाही–३ मा चुनाव जितेर मन्त्री बनेका राय यसपटक भने “टिकट संकट”मा परेपछि नयाँ पार्टीमा नयाँ आशा खोज्दैछन्।
अब सर्लाही–३ मा माओवादीका नारायणकाजी, एमालेका हरि उप्रेती र जसपाबाट सम्भावित उम्मेदवार रामेश्वर रायबीच त्रिपक्षीय भिडन्त हुने देखिएको छ।
स्थानीय तहदेखि पछिल्ला चुनावसम्म कमजोर बन्दै गएको प्रभाव फिर्ता ल्याउने प्रयासमा राय छन्। राजनीतिमा विचारभन्दा टिकट बलियो हुने अर्को उदाहरण थपिएको छ।
तपाईको प्रतिक्रिया