logo

तबरेज अहमद जसपा पर्सा जिल्ला अध्यक्षमा मनोनित,इमान्दारितापूर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त

 इसीमाना सम्वाददाता     २०८२ माघ ४ गते ०२: ५२ मा प्रकाशित     81   पटक पढिएको

वीरगंज ।   भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पर्सा जिल्ला समितिको अध्यक्ष पदमा मनोनयन गरेको छ।

 

पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले  एक पत्र जारी गर्दै अहमदलाई जिल्ला अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन्। पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित उनलाई उक्त जिम्मेवारी दिइएको जनाइएको छ।

 

गाउँबाट राजनीतिक यात्रा सुरु गरी जिल्लाको नेतृत्व तहसम्म पुग्न सफल अहमदको मनोनयनले पर्सा जिल्लामा पार्टी पङ्क्तिमा नयाँ ऊर्जा र उत्साह थपिने अपेक्षा गरिएको छ। उनी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा जनसमस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने नेताका रूपमा परिचित छन्।

 

भूमि समस्या समाधान आयोग पर्साका अध्यक्षको जिम्मेवारीमा रहँदै उनले भूमिहीन, दलित तथा सीमान्तकृत समुदायको पक्षमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। पार्टीले उनको यही अनुभव, सक्रियता र जनसम्पर्क क्षमतालाई मूल्याङ्कन गर्दै जिल्ला अध्यक्षको जिम्मेवारी दिएको जनाएको छ।

 

अहमदको नेतृत्वमा पर्सा जिल्लामा जनता समाजवादी पार्टीलाई अझ सशक्त, जनमुखी र संगठित बनाइने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन्। पार्टीले अध्यक्षको जिम्मेवारी दिएपछि आफनो सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै अहमदे पार्टी अध्यक्ष राई र महासचिव इस्तिायाक राइन प्रति आभार प्रकट गरेका छन ।

 

 उनले यो जिम्मेवारीलाई आफनो व्यक्तिगत सम्मान मात्र नभई, पार्टीको नीति, विचार र सङ्गठन सुदृढीकरणप्रतिको ठूलो दायित्वका रूपमा लिएको उल्लेख गरेका छन ।

 

 पार्टी नेतृत्वले देखाउनुभएको विश्वासलाई अक्षुण्ण राख्दै संगठन विस्तार, कार्यकर्ताको मनोबल अभिवृद्धि तथा जनताको मुद्दालाई मजबुत रूपमा उठाउन उनले इमान्दारितापूर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन।

 


जनता समाजवादी पार्टीलाई बलियो, जनमुखी र वैचारिक रूपमा स्पष्ट राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने अभियानमा यहाँहरूको मार्गदर्शन, नेतृत्व र प्रेरणा निरन्तर प्राप्त भइरहने विश्वास लिएको छु । अहमदले लेखका छन । 

a44ddfd3-2640-4c0b-a2c4-7292e0959c87-685x1024.jpeg

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.