logo

परवानीपुर गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न, प्रगति विवरण प्रस्तुत र उत्कृष्ट करदातालाई सम्मान

 इसीमाना सम्वाददाता     २०८२ पौष २९ गते ०८: २५ मा प्रकाशित     58   पटक पढिएको

वीरगंज ।  परवानीपुर गाउँपालिकाले चालु आर्थिक वर्षको हिउँदे अधिवेशनअन्तर्गत  १७औँ अधिवेशन आज पालिकाको सभा हलमा सम्पन्न गरेको छ। अधिवेशन गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको हो।

 

गाउँसभामा आर्थिक वर्ष २०८२र०८३ को साउनदेखि हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको थियो। सभामा चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै स्वीकृत योजना तथा कार्यक्रमहरूमा गरिएको संशोधनसमेत पारित गरिएको छ।

 

अधिवेशनमा जनप्रतिनिधिहरूले उठाएका गुनासोहरूको सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कुर्मी एवं उपप्रमुख सुगान्धी देवी गुप्ताले परवानीपुर गाउँपालिकाले वडा नम्बर १ देखि ५ सम्म भौतिक पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, दलित तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको बताए ।

 

उनले  समृद्ध परवानीपुर गाउँपालिका निर्माणका लागि वडाध्यक्ष, वडासदस्यसहित सबै जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्वागत मन्तव्य व्यक्त गर्दै चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

 

सभामा गाउँपालिका भित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यसैबीच, गाउँसभाको अवसरमा आर्थिक वर्ष २०८१ /०८२ मा सबैभन्दा ठूलो करदाता ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि. का सञ्चालक सुरेश रुंङटालाई गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको छ।

 

प्रा.ली.ले ९ लाख ६० हजार रुपैयाँ कर बुझाएको छ । त्इसतै जय श्री हेल्थ केयर प्रा.लि. ले ६ लाख रुपैयाँ समयमै कर बुझाएको भन्दै गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको छ।

 

त्यसैगरी १४ लाख १० हजार रुपैयाँ कर संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहुअरी कार्यालयलाई पनि सम्मान गरिएको छ।

 

वडा मातहतका उद्योगहरूबाट सहजीकरण गरी कर संकलनमा योगदान पुर्‍याएको भन्दै वडा नम्बर ५ का वडाध्यक्ष रामेश्वर साह कलवारलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.