logo

स्थानीय तहका विज्ञापन स्थानीय सञ्चारमाध्यममै प्रकाशन गर्न माग गर्दै मधेश पत्रकार महासंघको सम्मेलन सम्पन्न

 इसीमाना सम्वाददाता     २०८२ पौष २९ गते ०९: ५२ मा प्रकाशित     204   पटक पढिएको

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेशको प्रदेश सम्मेलन धनुषाको मिथिलेश्वरस्थित कल्चरल भिलेजमा सम्पन्न भएको छ।

 

सम्मेलनले साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको दिगोपन सुनिश्चित गर्ने उद्देश्यसहित विभिन्न दशबुँदे महत्वपूर्ण प्रस्तावहरू पारित गर्दै मंगलवार सम्मेलन सम्पन्न भएको हो । 

 

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बन्जाराको अध्यक्षतामा सम्पन्न सम्मेलनले स्थानीय सञ्चारमाध्यमको संरक्षण र सुदृढीकरणलाई प्राथमिकतामा राख्दै, स्थानीय तहका विज्ञापनहरू अनिवार्य रूपमा स्थानीय सञ्चारमाध्यममै प्रकाशन तथा प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव पारित गरेको छ।

 

साथै, लोककल्याणकारी विज्ञापनको शुल्क वृद्धि, सञ्चारमाध्यमलाई आवश्यक उपकरण उपलब्ध गराउन सहुलियत व्यवस्था, तथा पत्रकारिताको पेशागत शुद्धता कायम गर्न प्रभावकारी अनुगमन प्रणाली व्यवस्थित गर्नुपर्ने लगायतका विषयहरू सम्मेलनका मुख्य प्रस्तावका रूपमा पारित भएका छन्।

 

महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्तिका अनुसार सम्मेलनले पत्रकारिता पेशालाई मर्यादित, उत्तरदायी र टिकाउ बनाउने लक्ष्यसहित उक्त प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको हो।

 

उक्त प्रस्तावहरू महासंघका उपाध्यक्ष ज्योती झाको संयोजकत्वमा गठित प्रस्ताव मस्यौदा समितिले तयार पारेको हो, जसमा पुष्प खतिवडा र गौतम श्रेष्ठ सदस्य रहेका थिए ।

 

सम्मेलनमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, लेखा समिति संयोजक के.सी. लामिछाने, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव, आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खरगा लगायतका वक्ताहरूले सहभागिता जनाउँदै सम्मेलन सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

कार्यक्रममा महासंघ मधेश प्रदेशका उपाध्यक्ष अम्बिका दाहालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइनथियो भने कार्यक्रमको सञ्चालन महासचिव शैलेन्द्र क्रान्तिले गरेका थिए।

 

सम्मेलनले मधेश प्रदेशमा पत्रकारिताको संस्थागत विकास, स्थानीय सञ्चारमाध्यमको संरक्षण तथा पत्रकारहरूको पेशागत हकहित सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण मार्गचित्र तय गरेको सहभागीहरूको भनाइ रहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.