logo

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रजातन्त्र सेनानी शर्माको ७८ वर्षको उमेरमा निधन

 इसीमाना सम्वाददाता     २०८२ पौष २८ गते ०६: २५ मा प्रकाशित     260   पटक पढिएको

वीरगंज । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रजातन्त्र सेनानी  महावीर प्रसाद शर्माको सोमवार ७८ वर्षको उमेरमा असामयिक निधन भएको छ।

 

नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका शर्मालाई पार्टीभित्र प्रजातन्त्र, लोकतान्त्रिक मूल्य–मान्यता र संगठन विस्तारमा योगदान पुर्‍याउने अग्रज नेताका रूपमा चिनिन्थ्यो। उनको निधनले पार्टी र लोकतान्त्रिक आन्दोलनलाई अपूरणीय क्षति पुगेको नेताहरूले बताएका छन्।

 

शर्माको निधनप्रति दुःख व्यक्त गर्दै संविधानसभा सदस्य एवं नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्यले गहिरो समवेदना प्रकट गरेका छन्।

 

 अमात्यले विज्ञप्तिमार्फत दिवंगत शर्माको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई भगवान श्री पशुपतिनाथले यो असहनीय पीडा सहन सक्ने शक्ति प्रदान गरून् भनी प्रार्थना गरेका छन्।

 

शर्माको निधनपछि कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली व्यक्त गर्दै उनको योगदानको स्मरण गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.