कलैया । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा बारा जिल्ला यतिबेला ‘यथास्थिति बनाम रूपान्तरण’को केन्द्र बनेको छ।
संस्थापन पक्षको निर्देशन र जिल्ला नेतृत्वको ह्वीपलाई बेवास्ता गर्दै बाराबाट ७० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनका लागि काठमाडौँ प्रस्थान गरेका छन्।
१०४ प्रतिनिधि रहेको बाराबाट बहुमत नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन । यसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अघि सारेको पार्टी सुधार र नीतिगत स्पष्टताको एजेन्डाले तल्लो तहसम्म प्रभाव पारेको देखाउँछ।
विशेष महाधिवेशन बहिष्कारको आह्वान हुँदाहुँदै पनि प्रतिनिधिहरूको सक्रिय सहभागिताले कांग्रेसभित्र अब आदेशभन्दा एजेन्डाको राजनीति बलियो बन्दै गएको स्पष्ट भएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार, बाराबाट उठेको यो लहरले विशेष महाधिवेशनमा मधेसको भूमिकालाई निर्णायक बनाउनेछ।
तपाईको प्रतिक्रिया