logo

मधेस प्रदेशमा ३० हजार निर्वाचन प्रहरी भर्ना हुने, पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालयमा निवेदन दिन मिल्ने

 इसीमाना सम्वाददाता     २०८२ पौष २५ गते ०७: २५ मा प्रकाशित     252   पटक पढिएको

वीरगंज । मधेस प्रदेशमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ३० हजार ४ सय ६६ जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको छ।

 

प्रदेशका आठै जिल्लामा आजदेखि दरखास्त आवेदन खुला गरिएको मधेस प्रहरीले जनाएको छ।

 

मधेस प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रअन्तर्गतका मतदानस्थलहरूको सुरक्षा व्यवस्थापनका लागि ठूलो संख्यामा निर्वाचन प्रहरी परिचालन गर्न लागिएको हो।

 

 निर्वाचन प्रहरी भर्नाका लागि आजदेखि माघ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका गणहरूमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

 

जिल्लागत रूपमा हेर्दा धनुषामा सबैभन्दा धेरै ४ हजार ५ सय २७ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। त्यसैगरी सप्तरीमा ४ हजार २ सय २२, बारामा ४ हजार ३४, महोत्तरीमा ३ हजार ९१२, सर्लाहीमा ३ हजार ९ सय २६, रौतहटमा ३ हजार ८ सय ५१, सिरहामा ३ हजार ७ सय ५७ र पर्सामा २ हजार ८ सय ५२ जना निर्वाचन प्रहरी परिचालन गरिने तयारी गरिएको छ।

 

मधेस प्रदेशका सबै जिल्लाहरू भारतसँग सिमाना जोडिएका कारण अधिकांश मतदानस्थलहरू अति संवेदनशील वर्गमा पर्ने गरेका छन्। यसलाई ध्यानमा राख्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई थप मजबुत बनाउने उद्देश्यले निर्वाचन प्रहरी भर्ना गरिएको मधेस प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.