logo

प्रदेश सरकारको प्रवक्तामा राय,बिभिन्न तीन समितिको निर्माण प्रशासन समितिको संयोजकमा मन्त्री पटेल

 इसीमाना सम्वाददाता     २०८२ पौष २५ गते ०३: ०६ मा प्रकाशित     340   पटक पढिएको

जनकपुर। मधेस प्रदेश सरकारको आज बसेको मन्त्रीपरिषद् बैठकले सरकारका प्रवक्ता तोक्नुका साथै प्रदेशस्तरीय समस्या समाधानका लागि तीनवटा उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।


जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सम्पन्न बैठकले स्वास्थ्यमन्त्री जंगीलाल रायलाई प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।


 प्रवक्ता नियुक्तिसँगै विभिन्न विषयगत समिति गठन गरिएको  कृषिमन्त्री श्याम पटेलले जानकारी दिए। उनका अनुसार प्रदेशमा देखिएका राजनीतिक, प्रशासनिक, कानुनी तथा आर्थिक–सामाजिक समस्याहरूको अध्ययन, समन्वय र समाधानका लागि समितिहरू गठन गरिएको हो।


राजनीति तथा प्रशासन समिति संयोजकको जिम्मेवारी कृषिमन्त्री श्याम पटेललाई दिइएको छ। उक्त समितिमा मन्त्रीद्वय वसन्त कुशवाह र कनिश पटेल सदस्य रहेका छन्।


त्यस्तै, कानुन, न्याय  समिति संयोजकको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्री मनिष सुमनलाई तोकिएको छ। समितिका सदस्यमा मन्त्रीद्वय फकिरा महतो र शंकर चौधरी रहेका छन्।

 


आर्थिक तथा सामाजिक समिति संयोजकको जिम्मेवारी अर्थमन्त्री महेश यादवलाई दिइएको छ। यस समितिमा मन्त्रीद्वय राजकुमार गुप्ता र रानी शर्मा सदस्य छन्।


प्रदेश सरकारले यी समितिहरूमार्फत प्रदेशस्तरीय समस्या पहिचान र समाधान प्रक्रिया थप प्रभावकारी हुने अपेक्षा गरेको जनाएको छ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.