जनकपुरधाम । नेकपा एमालेले आफ्नो मधेस प्रदेश कमिटीको सचिवालय सदस्य पदमा हालै बीरेन्द्र प्रसाद यादव र वासुदेव यादव लाई मनोनित गरेको छ ।
एमालेको प्रदेश कमिटीको सदस्यको रुपमा आफनो जिम्मेवारी पुरा गर्दै आएका यादवद्वय अब सचिवालय सदस्यको जिम्मेवारी पाएका छन ।
उनीहरुको मनोनयले एमालेको प्रदेश कमिटीमा नीतिगत निर्णय प्रक्रियामा समेत पर्साको बलियो उपस्थिति हुने भएको छ । यो मनोनयाले आगामी राजनीतिक अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नेकपा ९एमाले० मधेस प्रदेश कमिटीमा यो मनोनयन पार्टीको आन्तरिक विधान एवं समसामयिक राजनीतिक आवश्यकता अनुसार गरिएको प्रदेश उपाध्यक्ष बिचारी यादवले बताए ।
प्रदेशमा पार्टी संगठनलाई मजबुत बनाउन, स्थानीय तहदेखि प्रदेश तहसम्म समन्वय, नेतृत्व र नीति कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ नेताहरुको जिम्मेवारी थप गरिएको उनले बताए ।
वीरेन्द्र प्रसाद यादव र वासुदेव यादव दुवैले विगतमा पार्टीका लागि सक्रिय भूमिका निभाउँदै आएका छन् र आगामी दिनमा पनि मधेस प्रदेशमा एमालेको संगठनात्मक कामलाई तीव्रता दिने छन्।
यसैबीच, एमाले मधेस प्रदेश कमिटीका प्रतिनिधि सदस्यहरुको विस्तृत सूची पार्टीको आधिकारिक पोर्टलमा समेत उपलब्ध छ, जसमा वीरेन्द्र प्रसाद यादवको नाम पनि समावेश छ ।
तपाईको प्रतिक्रिया