बिराटनगर । आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत बुधबार भएको मनोनयन प्रक्रियामा नेपाली कांग्रेसका उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) सम्मिलित गठबन्धनको तर्फबाट खुला समूहमा उम्मेदवारी दिएका थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्।
कोशी प्रदेशमा राष्ट्रिय सभाका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका थिए। एमालेको बलियो उपस्थितिका कारण दुई सिट एमालेले लिएको छ भने कांग्रेसले पाएको एक सिटमा सूर्यबहादुर थापाका पुत्र सुनील थापा निर्विरोध निर्वाचित भएका हुन्।
यहाँ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले खुला समूहमा थापाविरुद्ध उम्मेदवारी नदिएपछि उनी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिएका छन्।
थापाको प्रस्तावकमा उद्धव थापा र समर्थकमा रेगिना भट्टराई रहेका छन्।
तपाईको प्रतिक्रिया