logo

सञ्चालक समिति र प्रशासनबीचको द्वन्द्वले हरिखेतान क्याम्पस अस्तव्यस्त,अध्ययन–अध्यापन प्रभावित

 इसीमाना सम्वाददाता     २०८२ पौष २३ गते १५: ३२ मा प्रकाशित     240   पटक पढिएको

वीरगन्ज । वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन विवाद गहिरिँदै जाँदा क्याम्पसको शैक्षिक गतिविधि ठप्पजस्तै बनेको छ।

 

सामुदायिक क्याम्पसलाई केही व्यक्तिको स्वार्थअनुसार निजीकरण गर्न खोजिएको आरोपसँगै विवाद चरम सीमामा पुगेको हो, जसको प्रत्यक्ष असर विद्यार्थीहरूमा परेको छ।

 

व्यवस्थापनको आन्तरिक किचलोका कारण नियमित कक्षा सञ्चालन हुन नसकेको, पाठ्यक्रम समयमा पूरा नहुने अवस्था सिर्जना भएको र मनोमानी रूपमा शुल्क वृद्धि गरी विद्यार्थीहरूलाई तिर्न बाध्य बनाइएको भन्दै विद्यार्थीहरूले गुनासो गरेका छन्।

 

सञ्चालक समितिले क्याम्पस प्रशासनसँग कुनै समन्वय नगरी आफूखुशी कर्मचारी नियुक्ति गर्ने गरेको आरोप पनि विद्यार्थीहरूको छ। सञ्चालक समिति र क्याम्पस प्रशासनबीचको निरन्तर द्वन्द्वले क्याम्पसको समग्र शैक्षिक वातावरण नै प्रभावित बनेको उनीहरूको भनाइ छ।

 

हरिखेतान बहुमुखी क्याम्पसको सञ्चालक समितिमा खेतान परिवारका प्रेमप्रकाश खेतान अध्यक्ष बनेयता क्याम्पस पटक–पटक विवादमा तानिँदै आएको छ।

 

 अध्यक्ष खेतानले लामो समयसम्म क्याम्पस प्रमुखका रूपमा कार्यरत डा. भगवान प्रसाद यादवलाई हटाएर किशोरी रायलाई कार्यवाहक क्याम्पस प्रमुख नियुक्त गरेका थिए।

 

 त्यसपछि रायलाई समेत निलम्बन गर्दै हाल रबिन्द्र यादवलाई क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ। व्यवस्थापनमा बारम्बार भएको हस्तक्षेपले अध्ययन–अध्यापनमा नकारात्मक असर परेको विद्यार्थीहरूको आरोप छ।

 

समस्याको समाधानको माग गर्दै विद्यार्थीहरूले आन्दोलन चर्काएका छन्। विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूले क्याम्पसमा रहेका विविध समस्याहरू समाधान गर्न माग गर्दै क्याम्पसको मूलगेटमा ताला लगाएका थिए।

 बुधबार आन्दोलनरत विद्यार्थीहरूले विद्यार्थी बोकेको क्याम्पस बसलाई बाहिर निस्कन नदिई क्याम्पस परिसरमै रोकेका थिए।

 

घटनापछि जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको सुरक्षाकर्मी टोलीले विद्यार्थीहरूलाई सम्झाइबुझाइ गरी अवस्था साम्य बनाएको थियो।

 

 विवाद समाधानका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा छलफल हुने भएपछि सुरक्षाकर्मीको आग्रहमा विद्यार्थीहरूले मूलगेटमा लगाइएको ताला खोलेर विद्यार्थी सहितको बस बाहिर निकालेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीले जानकारी दिए।

 

आन्दोलनरत विद्यार्थीहरूले हालसम्म परीक्षा सञ्चालन हुन नसकेको, समयमा पाठ्यक्रम सम्पन्न नभएको, विज्ञान संकायका विद्यार्थीहरूका लागि यातायात सुविधाको अभाव रहेको तथा मनोमानी रूपमा शुल्क वृद्धि गरिएकाले आन्दोलन गर्न बाध्य भएको बताएका छन्। उनीहरूले शीघ्र समस्या समाधान नभए थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.