जनकपुरधाम। जनता समाजवादी पार्टी नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशबाट महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन्।
बुधबार जनकपुरस्थित निर्वाचन कार्यालयमा पुगेर ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन्। उनी यसअघि महोत्तरी क्षेत्र नं. ३ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भइसकेका छन्।
लोकतान्त्रिक समाजवादी पार्टी र जसपा नेपालबीच १४ पुसमा एकता गर्ने निर्णय भएको थियो। दुवै दलबीच एकता भएपछि जसपा नेपालले ठाकुरलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाएको हो। जसपा नेपालसँग एकता हुनुअघि ठाकुर लोसपाका अध्यक्ष थिए।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ।
तपाईको प्रतिक्रिया