logo

कांग्रेस एमाले र जसपा वीच सहमती जसपाबाट महन्थ ठाकुर उम्मेदवार हुने

 इसीमाना सम्वाददाता     २०८२ पौष २३ गते १२: २७ मा प्रकाशित     267   पटक पढिएको

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि बनेको नयाँ राजनीतिक तालमेलअन्तर्गत नेपाली कांग्रेसले ९ सिट  एमालेले ८ सिट र जसपा नेपालले १ सिट पाउने भएका छन । 


जनता समाजवादी पार्टी नेपालले वरिष्ठ नेता महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

 

नेपाली कांग्रेस र नेकपा एमालेसँग भएको सहमतिपछि जसपा नेपालले ठाकुरलाई राष्ट्रियसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारेको हो । तीन दलबीच भएको समझदारीअनुसार आगामी राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपाल संयुक्त रूपमा प्रतिस्पर्धा गर्नेछन् ।

 

तालमेलअनुसार जसपा नेपालले एक सिट पाउने सहमति भएको छ, जसका लागि पार्टीले वरिष्ठ नेता ठाकुरलाई उम्मेदवार चयन गरेको जसपा नेताहरूले बताएका छन् ।

 

राजनीतिक वार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकका अनुसार सुरुमा नेकपासहित व्यापक राजनीतिक तालमेलको प्रयास गरिएको थियो । तर सहमति नजुटेपछि नेकपा उक्त प्रक्रियाबाट बाहिरिएको उनले जानकारी दिए । त्यसपछि कांग्रेस, एमाले र जसपा नेपालबीच मात्रै तालमेल टुंगिएको हो ।

 

सहमति अनुसार कांग्रेसले ९ सिट, एमालेले ८ सिट र जसपा नेपालले १ सिट पाउनेछन् । उम्मेदवारीको क्लस्टरसमेत टुंगिसकेको बताइएको छ ।

 

कांग्रेसले कोशीबाट सुनिल थापा, मधेसबाट धमेन्द्र पासवान र रञ्जीत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट बासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।

 

एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, बागमतीमा डा प्रेमकुमार दङ्गाललाई उम्मेदवार बनाइएको छ ।

 

गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाइएको हो । मधेश प्रदेशबाट रेखा झाको नाम तय भएको छ । ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.