logo

सप्तरीका पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (नेपाल) मा प्रवेश

 इसीमाना सम्वाददाता     २०८२ पौष २२ गते ०२: ५७ मा प्रकाशित     100   पटक पढिएको

काठमाण्डौ ।  प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश प्रसाद यादव मंगलवार जनता समाजवादी पार्टी (नेपाल) मा औपचारिक रूपमा प्रवेश गरेका छन्।

 

उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ले  पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा स्वागत गरेका हुन्। 


उमेश यादव सप्तरी जिल्लाका निवासी हुन् र लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय थिए। उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी–३ बाट विजयी भएका थिए र त्यहीबले  सिँचाइ मन्त्री भएका थिए ।  २०७४ मा उनी उपेन्द्र यादवसँग चुनाव हारेका थिए ।

 

पार्टी प्रवेशका क्रममा यादवले वर्तमान राजनीतिक परिस्थितिमा संघीयताको कार्यान्वयन, मधेशी अधिकार, पहिचान र सामाजिक न्याय जस्ता मुद्दामा जनता समाजवादी पार्टीको एजेन्डा स्पष्ट र जनमुखी भएको भन्दै आफू त्यसैमा विश्वास गरेर प्रवेश गरेको बताएका छन्।

 

जसपाका अध्यक्ष उपेन्द्र यादवले यादवको प्रवेशले पार्टी संगठन सुदृढ हुने र मधेश आन्दोलन तथा समावेशी लोकतन्त्रको संघर्षलाई थप बल दिने अपेक्षा व्यक्त गरेका छन्। 


उमेश यादवका अनुसार, उनले लामो समयदेखि वामपन्थी विचारमा काम गर्दै आए पनि अहिलेको राजनैतिक परिवेश, मधेशको मुद्दा र समाजवादी लक्ष्य हेरेर नयाँ पार्टीमा आएर योगदान दिने निर्णय गरेको उल्लेख गरेका छन्। 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.