logo

सप्तरीका पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (नेपाल) मा प्रवेश

 इसीमाना सम्वाददाता     २०८२ पौष २२ गते ०२: ५७ मा प्रकाशित     298   पटक पढिएको

काठमाण्डौ ।  प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश प्रसाद यादव मंगलवार जनता समाजवादी पार्टी (नेपाल) मा औपचारिक रूपमा प्रवेश गरेका छन्।

 

उनलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ले  पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा स्वागत गरेका हुन्। 


उमेश यादव सप्तरी जिल्लाका निवासी हुन् र लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय थिए। उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी–३ बाट विजयी भएका थिए र त्यहीबले  सिँचाइ मन्त्री भएका थिए ।  २०७४ मा उनी उपेन्द्र यादवसँग चुनाव हारेका थिए ।

 

पार्टी प्रवेशका क्रममा यादवले वर्तमान राजनीतिक परिस्थितिमा संघीयताको कार्यान्वयन, मधेशी अधिकार, पहिचान र सामाजिक न्याय जस्ता मुद्दामा जनता समाजवादी पार्टीको एजेन्डा स्पष्ट र जनमुखी भएको भन्दै आफू त्यसैमा विश्वास गरेर प्रवेश गरेको बताएका छन्।

 

जसपाका अध्यक्ष उपेन्द्र यादवले यादवको प्रवेशले पार्टी संगठन सुदृढ हुने र मधेश आन्दोलन तथा समावेशी लोकतन्त्रको संघर्षलाई थप बल दिने अपेक्षा व्यक्त गरेका छन्। 


उमेश यादवका अनुसार, उनले लामो समयदेखि वामपन्थी विचारमा काम गर्दै आए पनि अहिलेको राजनैतिक परिवेश, मधेशको मुद्दा र समाजवादी लक्ष्य हेरेर नयाँ पार्टीमा आएर योगदान दिने निर्णय गरेको उल्लेख गरेका छन्। 

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.