logo

नेपाली कम्युनिष्ट पार्टी त्यागेका शाक्य रास्वपामा प्रवेश,पर्साको क्षेत्र नं ४ बाट उम्मेदवारी दिने

 इसीमाना सम्बाददाता     २०८२ पौष १७ गते ०६: २९ मा प्रकाशित     576   पटक पढिएको

वीरगंज ।  तत्कालीन नेकपा (माओवादी केन्द्र) का पूर्व केन्द्रीय सदस्य टेक बहादुर शाक्य  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन ।  

 

आज आयोजित एक औपचारिक कार्यक्रममा रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तले शाक्यलाई पार्टीको सदस्यता हस्तान्तरण गरेका थिए।

 

 कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य नन्दन यादव, क्षेत्रीय सभापति जीतेंद्र मिश्र लगायत नेताहरूले सम्बोधन गरेका थिए भने कार्यक्रमको समन्वय सुदिस प्रजापतीले गरेका थिए।

 

यो प्रवेश सँगै आगामी निर्वाचनमा पर्सा को क्षेत्र नं. ४ बाट पार्टीको तर्फबाट प्रत्यक्ष उम्मेदवारी दिने घोषणा गरेका छन्।

 

टेक बहादुर शाक्यले  पछिल्लो समय भाद्र २३ र २४ को जेनजी विद्रोह जस्ता आन्दोलनले देशको राजनीतिक चेतना प्रगाढ बनाएको र भविष्यप्रतिको आशा जगाएको महसुस गरेपछि  सक्रिय राजनैतिक जीवनमा प्रवेश गर्ने निर्णय गरेको बताए । 

 

शाक्यले आगामी प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपा मार्फत पर्सा(४ बाट प्रत्यक्ष उम्मेदवारी दर्ता गराउने र मतदातासँग सकारात्मक संवादमार्फत जनआशा र परिवर्तनको पैठार फैलाउने योजना रहेको पनि बताएका छन्।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.