logo

संविधान संशोधन नभए च्यातेर नयाँ संविधान जारी गर्छौं : उपेन्द्र यादव

 इसीमाना सम्बाददाता     २०८२ पौष १५ गते ०६: २२ मा प्रकाशित     158   पटक पढिएको

वीरगन्ज ।  जनता समाजवादी पार्टी  नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन वा पुनर्लेखन नगरिए वर्तमान संविधान च्यातेर नयाँ संविधान जारी गरिने चेतावनी दिएका छन्।

 

मंगलबार वीरगन्जमा आयोजित जनप्रदर्शन तथा विरोधसभालाई सम्बोधन गर्दै उनले मधेसी, जनजाति र अल्पसंख्यक समुदाय विरोधी भएको भन्दै संविधानको पुनर्लेखन अपरिहार्य रहेको बताए। उनले फागुन २१ को निर्वाचनअघि नै संविधान संशोधन वा पुनर्लेखन हुनुपर्ने जसपा नेपालको माग रहेको स्पष्ट पारे।

 

अध्यक्ष यादवले सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता चुनावअघि कार्यान्वयन हुनुपर्ने माग गर्दै हालको सरकारले जेनजी पुस्तालाई धोखा दिइरहेको आरोप लगाए।

May be an image of one or more people, crowd and text

मधेस आन्दोलनबाट प्राप्त संघीयता र लोकतान्त्रिक उपलब्धि मास्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले ती उपलब्धि रक्षाका लागि जसपा नेपाल निर्वाचनमा सहभागी हुन लागेको बताए।

 

उनले विगत ३५ वर्षदेखि शासनसत्तामा रहेका कांग्रेस र कम्युनिष्टकै कारण देश भ्रष्टाचार, बेरोजगारी र आर्थिक संकटमा फसेको आरोप लगाउँदै आगामी निर्वाचनमा जनताले ती दललाई अस्वीकार गर्नुपर्ने धारणा व्यक्त गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

जन्मदिनमा मानवीय सन्देश,प्रहरी निरीक्षक थापाद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

वीरगंज । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.