logo

संविधान संशोधन नभए च्यातेर नयाँ संविधान जारी गर्छौं : उपेन्द्र यादव

 इसीमाना सम्बाददाता     २०८२ पौष १५ गते ०६: २२ मा प्रकाशित     410   पटक पढिएको

वीरगन्ज ।  जनता समाजवादी पार्टी  नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन वा पुनर्लेखन नगरिए वर्तमान संविधान च्यातेर नयाँ संविधान जारी गरिने चेतावनी दिएका छन्।

 

मंगलबार वीरगन्जमा आयोजित जनप्रदर्शन तथा विरोधसभालाई सम्बोधन गर्दै उनले मधेसी, जनजाति र अल्पसंख्यक समुदाय विरोधी भएको भन्दै संविधानको पुनर्लेखन अपरिहार्य रहेको बताए। उनले फागुन २१ को निर्वाचनअघि नै संविधान संशोधन वा पुनर्लेखन हुनुपर्ने जसपा नेपालको माग रहेको स्पष्ट पारे।

 

अध्यक्ष यादवले सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौता चुनावअघि कार्यान्वयन हुनुपर्ने माग गर्दै हालको सरकारले जेनजी पुस्तालाई धोखा दिइरहेको आरोप लगाए।

May be an image of one or more people, crowd and text

मधेस आन्दोलनबाट प्राप्त संघीयता र लोकतान्त्रिक उपलब्धि मास्ने षड्यन्त्र भइरहेको दाबी गर्दै उनले ती उपलब्धि रक्षाका लागि जसपा नेपाल निर्वाचनमा सहभागी हुन लागेको बताए।

 

उनले विगत ३५ वर्षदेखि शासनसत्तामा रहेका कांग्रेस र कम्युनिष्टकै कारण देश भ्रष्टाचार, बेरोजगारी र आर्थिक संकटमा फसेको आरोप लगाउँदै आगामी निर्वाचनमा जनताले ती दललाई अस्वीकार गर्नुपर्ने धारणा व्यक्त गरे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.