logo

अशोक राईको पार्टी फेरी फूट्यो, फूटेको पार्टी जसपामा जुट्यो

 इसीमाना सम्वाददाता     २०८२ पौष १४ गते ०१: २८ मा प्रकाशित     297   पटक पढिएको

वीरगंज । अशोक राइले नेतृत्व गरेको जनता समाजवादीपार्टी नेपाल फेरी फूटेको छ । सत्तामा सहभागि हुदा  फूटने र सत्ता बाट बाहिर हुदा जुट्ने  राजनीतिको आम प्रवृति रहदै आएको छ ।

 

 

राईबाट फूटेको जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसंग एकाकार भएको छ । फुटेको पार्टीको नेतृत्व सह अध्यक्ष रेण यादवले गरेकी छिन ।

 

यस अघी राई नेतृत्व पार्टीका संघीय परिषदका अध्यक्ष राजृन्द्र श्रेष्ठको नेतृत्वमा एउटा समुह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको थियो । अव राईसंग एउटा सानो समुह रहेको छ । 


आइतबार नै सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेको बहुमत केन्द्रीय सदस्यसहित जसपा नेपाल पार्टीसँग एकीकरण गरेको हो

 

जारी प्रेस विज्ञप्तिअनुसार, रेणु यादव पक्षका बहुमत केन्द्रीय सदस्यसहित जसपा, जसपा नेपाल पार्टीमा समाहित भएका छन् ।

 

यससँगै पछिल्लो समय विभाजित देखिँदै आएको मधेस केन्द्रित राजनीति पुनः एकीकृत दिशातर्फ अघि बढेको संकेत देखिएको छ ।

 

विज्ञप्तिमा एकीकरणको निर्णय पार्टी एकता, संगठन सुदृढीकरण तथा मधेस आन्दोलनको मूल एजेन्डालाई बलियो बनाउने उद्देश्यका साथ गरिएको उल्लेख छ ।

 

प्रेस विज्ञप्तिमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र सह–अध्यक्ष रेणु यादवले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् । अशोक राई भने एकता प्रक्रियामा सहभागी भएका छैनन् । हिजो मात्र लोसपासँग जसपा नेपालको एकता सहमति भइसकेको छ ।

 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.