वीरगंज । भूमि समस्या समाधान आयोग जिल्ला समिति पर्सा आफ्नो पुरानो लयमा फर्किँदै पुनः सक्रिय भएको छ।
आयोगले बिन्दावासिनी गाउँपालिकामा संकलन गरिएका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका कुल २ सय ६९ वटा निवेदन राष्ट्रिय भूमि आयोग सूचना प्रणालीमा प्रविष्टिका लागि गाउँपालिकालाई विधिवत् रूपमा हस्तान्तरण गरेको छ।
उक्त निवेदनहरू आयोगको जिल्ला समिति पर्साका तर्फबाट बिन्दावासिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत म. प्रवेज आलमलाई औपचारिक रूपमा बुझाइएको हो।
आयोगले अब निवेदन प्रविष्टि, प्रमाणीकरण तथा आगामी प्रक्रिया तीव्र गतिमा अघि बढाइने जनाएको छ। यसले जिल्लामा दीर्घकालदेखि समाधान हुन नसकेको भूमि समस्या समाधानमा गति आउने आयोग पर्साका अध्यक्ष तवरेज अहमदले जनाएका छन ।
आयोगले यस अघि सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ मा जग्गाधनी पूर्जा बितरण गरिसकेको छ । त्यस्तै पटेर्वा सुगौली गाउँपालिकाको वडा नं २ को गादीमा पनि पूर्जा बितरणकालागि अन्तिम चरणमा पुगेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया