logo

पुराना दलहरुलाई कडा प्रश्न गर्न रास्वपा सभापति पन्तको आग्रह

 इसीमाना सम्वाददाता     २०८२ पौष ११ गते ०६: ३५ मा प्रकाशित     370   पटक पढिएको

वीरगञ्ज  । आगामी निर्वाचनमा पुराना दलहरू पुनः भोट माग्न आए उनीहरूलाई कडा प्रश्न गर्न आमजनतालाई   राष्ट्रिय स्वतन्त्र पार्टी  पर्साका सभापति हरी पन्तले आग्रह गरेका छन्।

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ र ५ को प्रथम भेलालाई सम्बोधन गर्दै पन्तले विगत करिब पैंतीस वर्षदेखि पटक–पटक शासन सत्ताको केन्द्रमा रहेका पुराना दलहरूले जनतासामु मत माग्ने नैतिक अधिकारसमेत गुमाइसकेको दाबी गरे। “देश र जनताका लागि के गरे भनेर पुराना दलहरूसँग जनताले स्पष्ट जवाफ माग्नुपर्छ,” उनले भने।

 

उक्त भेलाबाट राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन वीरगञ्ज महानगरका वडा नम्बर ४ र ५ मा विस्तार गरिएको छ। भेलाले वडा नम्बर ४ मा सञ्चारकर्मी मुकेश सिंहको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ।

 

समितिको उपसभापतिमा संगीता जोशी, सचिवमा पुकार थापा तथा सदस्यहरूमा शेख सहजाद, कृष्टा थापा, सुनिल दर्लामी, विजय चौहान, रोजन जोशी, प्रितम श्रेष्ठ, शंकर थापा र सरु जोशी रहेका छन्।

 

त्यसैगरी वडा नम्बर ५ मा इमरान शेखको सभापतित्वमा ११ सदस्यीय वडा समिति गठन गरिएको छ। समितिको उपसभापतिमा अरुण मानन्धर, सचिवमा सकील अहमद तथा सदस्यहरूमा अमित जोशी, जमिर अख्तर, सुनिल सरार्फ, सरस्वती गुरुङ, जावेद अख्तर, शनि मानन्धर, सजाद अहमद र ओमी गुरुङ रहेका छन्।

 

रास्वपा वीरगञ्ज महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भेलाको सहजीकरण मधेस प्रदेश संगठन विभागका उपप्रमुख प्रमोदले गरेका थिए। कार्यक्रममा महानगर उपसभापति परितोष द्विवेदीले स्वागत मन्तव्य राखेका थिए।

 

भेलामा क्षेत्रीय सभापतिहरू राम आर्य र फैयाद मियाँ, महानगर सचिव गौतम श्रेष्ठ, नेता परवेज अख्तर, नितु खड्गी, सुदिश प्रजापति, मुन्ना साहलगायतले आ–आफ्ना धारणा राख्दै रास्वपाको संगठन सुदृढीकरण र वैकल्पिक राजनीतिमा जनताको भूमिकाबारे चर्चा गरेका थिए।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.