जनकपुर। मधेस प्रदेश सभामा आज सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टी ९जसपा० नेपालका रामअशिष यादव सभामुखमा निर्वाचित भएका छन्।
एमालेका उम्मेदवार त्रिलोकी यादवलाई बहुमतले पराजित गर्दै यादवले ७२ जना सांसदको समर्थन प्राप्त गरेका हुन्। प्रदेश सभाका अनुसार उनको विपक्षमा २४ जनाले मतदान गरेका थिए।
प्रदेश सभाकी उपसभामुख बबिता राउतले मत परिणाम सार्वजनिक गर्दै ६ दलीय गठबन्धनका साझा उम्मेदवार रामअशिष यादव स्पष्ट बहुमतसहित विजयी भएको घोषणा गरिन्।
आजको निर्वाचनमा ६ दलीय गठबन्धनका सांसदहरूको सक्रिय सहभागिताले मत परिणाममा निर्णायक भूमिका खेलेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
रामअशिष यादवको निर्वाचनसँगै मधेस प्रदेशमा स्थायित्वपूर्ण संसदीय नेतृत्वको मार्ग प्रशस्त भएको जनाइएको छ। सभामुखको हैसियतमा उनले प्रदेश सभाको कार्यसूची व्यवस्थापन, बैठक सञ्चालन तथा विधायिकाका महत्वपूर्ण निर्णयहरूमा सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यो निर्वाचनपछि प्रदेश सरकार र विपक्षी दलबीच संसदीय सहकार्य तथा नीति निर्माण प्रक्रियामा नयाँ गति आउने देखिएको छ।
तपाईको प्रतिक्रिया