logo

३ करोड ७४ लाख ८४ हजार धरौटी बुझाएर रवि लामिछाने रिहा

 इसीमाना सम्वाददाता     २०८२ पौष ४ गते ०६: ४२ मा प्रकाशित     310   पटक पढिएको

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी तथा बैंक जमानत बुझाएर रिहा भएका छन्।

 

शुक्रबार भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा उक्त रकम बराबरको बैंक जमानत र धरौटी बुझाएपछि उनलाई रिहा गरिएको जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए।

 

यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रवि लामिछानेलाई शर्तसहित रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशअनुसार उनले आफ्नो भागमा पर्ने बिगो बराबरको रकम बुझाएका हुन्।

 

अदालतमा दिएको निवेदनमा लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो बराबरको रकम बुझाउने उल्लेख गरेका थिए। उच्च अदालतले उक्त माग स्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको थियो।

 

यसअघि गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले पुर्पक्षका लागि एक करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सो आदेशअनुसारको धरौटी रकम पनि उच्च अदालतको निर्देशनपछि बुझाइएको हो।

 

सूचना अधिकारी अर्यालका अनुसार लामिछानेले यसअघि बुझाएको दुई करोड ७४ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी शुक्रबार सनाखत गरेका थिए भने थप एक करोड रुपैयाँ नगद धरौटी बुझाएपछि उनी रिहा भएका हुन्।

 

यसरी फरक–फरक दुई धरौटी रकम गरी कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रवि लामिछाने रिहा भएका हुन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.