logo

कांग्रेस सर्लाहीमा उम्मेदवार सिफारिस असमान, क्षेत्र नं ४ मा मापदण्ड उल्लङ्घनको आरोप, क्षेत्र ३ अलपत्र

 इसीमाना सम्वाददाता     २०८२ मंसिर २७ गते ०७: ५५ मा प्रकाशित     354   पटक पढिएको

मलंगवा । आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले सर्लाहीका क्षेत्र नं १ र २ मा सर्वसम्मत तथा प्रक्रियागत रूपमा उम्मेदवार सिफारिस प्रक्रिया टुंग्याएको छ।

 

 तर, क्षेत्र नं ४ मा पार्टीको स्थापित मापदण्ड विपरीत उम्मेदवार सिफारिस भएको आरोपसँगै कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिएको छ। क्षेत्र नं ३ मा भने उम्मेदवार सिफारिस प्रक्रिया अझै सम्पन्न हुन सकेको छैन।

 

क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीका अनुसार क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ हरिपुर–७ निवासी रामचन्द्र चौधरी, लालबन्दी–१३ का शम्भुलाल श्रेष्ठ तथा लालबन्दी–१ की मन्दिरा आचार्यको नाम सिफारिस गरिएको छ।

 

 समानुपातिकतर्फ ईश्वरपुर–८ की सुशीला कार्की र लालबन्दी–२ का इस्किलाल पासवान सिफारिसमा परेका छन्।

 

त्यस्तै क्षेत्र नं २ मा क्षेत्रीय सभापति कौशलकिशोर रायका अनुसार प्रत्यक्षतर्फ मलंगवा–८ का जयहरि श्रेष्ठ ९राजु०, ब्रह्मपुरी–३ का सत्यनारायण राउत, कौडेना–२ का डा. सरोज कुमार तथा हरिपुर्वा–८ का धनमन्तरी यादवको नाम सिफारिस गरिएको छ।

 

 समानुपातिकतर्फ मलंगवा–११ का लक्ष्मण राय र हरिपुर्वा–५ की अनिता देवी यादवको नाम अघि सारिएको छ।

 

राष्ट्रिय सभा सदस्यका लागि ईश्वरपुर–१५ का ब्रह्मनारायण चौधरी र मलंगवाकी सहरुल खातुनको नाम प्रस्ताव गरिएको छ।

 

तर, सर्लाही क्षेत्र नं ४ मा भने पार्टीको मापदण्ड विपरीत वर्तमान प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस गरिएको भन्दै कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएको छ।

 

पार्टीका स्थानीय नेता–कार्यकर्ताहरूले प्रक्रिया र मापदण्ड मिचिएको आरोप लगाउँदै विरोध जनाएका छन्। यस विषयमा उठेको विवाद केन्द्रसम्म पुगेको बताइएको छ।

 

उता सर्लाही क्षेत्र नं ३ मा भने उम्मेदवार सिफारिस प्रक्रिया अझै बाँकी रहनुले जिल्लाभित्र कांग्रेसको आन्तरिक व्यवस्थापन र निर्णय प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन्।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

ठोरीमा नागरिक सुनुवाइ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ठोरी । पर्साको ठोरी गाउँपालिकामा नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउने तथा शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल गर्ने उद्देश्यले नागरिक सुनुवाइ, अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.